काठमाडौं, २४ मंसिर । एन.सी.सी बैंक लिमिटेडको २५ औं वाषिर्कोत्सवको अवसरमा मंसिर २३ गते बिहीवारका दिन बैंकले प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमती प्रदेशको काठमाडौं मुख्यशाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिमप्रदेशको धनगढी गरी ९ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गर्ने कार्य सम्पन्न गरेको छ।
उक्त रक्तदान कार्यक्रममा विभिन्न रक्तदाताहरुबाट ५ सय ७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । साथै हालसम्म १ सय ६८ पटक रक्तदान गर्नु भएका काठमाडांै, बागबजार निवासी प्रेम सागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले उहाँको योगदानलाई सम्मानगर्दै कदर प्रत्र प्रदान गर्नुभयो ।
साथै बैंकले २५ औं वाषिर्कोत्सवको अवसरमा“एनसीसी सिल्भर सेभिङ्ग खाता”, “एनसीसी सुगम सिल्भर मुद्घती खाता”, “एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता” र “एनसीसी सिल्भर रेमिट मुद्घती खाता”जस्ता आकषर््ाक निक्षेप खाताहरु संचालनमा ल्याएको छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १ सय ३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र १ सय १४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुदै आएको छ ।


















