काठमाडौं, २४ मंसिर । राणा शासनविरुद्ध सङ्गठित हुँदै स्थापित भएको पुरानो दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाडौं सुरु भएको छ।
महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफू सभापतिमा निर्वाचित भए कांग्रेसको बहुमतको सरकार बनाउने दाबी गर्नुभयो।
“कुनै पनि हालतमा नेपालमा डरत्रासबाट मुक्त शासन ल्याएरै छोडिन्छ”,पै्रधानमन्त्री देउवाले भन्नुभयो.”नेपालमा कांग्रेसको सरकार बनाइन्छ, बनाइन्छ, बनाइन्छ।”
त्यसअघि महाधिवेशनमा सम्बोधन गर्दै कांग्रेस नेताहरूले प्रतिपक्षीसँग सामना गर्न सक्ने र जनताले स्वीकार गर्ने कांग्रेस बनाउनुपर्ने बताउनुभएको थियो।
कांग्रेस नेतृत्वले मात्र देशमा शान्ति र स्थिरता दिन सक्ने दाबी गर्दै नेताहरूले त्यसका लागि पार्टीपङ्क्ति एकजुट हुनुपर्ने धारणा अघि सारेका थिए।
उद्घाटन सत्रलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेताहरू विजय गच्छदार र कृष्ण सिटौला लगायतले सम्बोधन गर्नुभएको थियो विचारले नभई लेनदेनले बाँध्न खोजिएकोु कांग्रेसको १४औँ महाधिवेशन
ओली -दाहाल संवाद
कांग्रेस महाधिवेशनमा नेकपा(एमाले पार्टी अलग भएपछि नभेटेका एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा बस्नुभएको थियो।

ओली र प्रचण्ड कुरा गर्दै
ओलीअघि सम्बोधन गरेका प्रचण्ड र नेपाल दुवैले ओलीलाई सम्बोधन गर्नुभएन।
सम्बोधनका क्रममा प्रचण्डले सबै कार्यक्रममा उपस्थित ुपूर्वप्रधानमन्त्रीहरूु र माधव नेपालले ुनेता मित्रहरूु भन्नुभएको थियो।
दाहालपछि बोलेका ओलीले पनि विभिन्न दलका नेताहरू भन्दै दाहाल र नेपाललाई सीधा सम्बोधन गर्नुभएन्।
तर प्रचण्ड बोलेर आफ्नो सिटमा फर्कँदै गर्दा ओलीसँग उनको संवाद भयो। देउवाको दायाँबायाँ बसेका उनीहरूबीचको संवाद होहल्लाका कारण आफूहरूले सुन्न नसकेको पछाडिको सिटमा बसेकी नेतृ चित्रलेखा यादवले बताउनुभयो।
अर्का नेता देवेन्द्रराज कँडेलले हाउभाउबाट दुवैले एक अर्काप्रति व्यङ्ग्य गरेको अनुमान गरिए पनि संवाद सुन्न नसकिएको बताउनुभयो।
कांग्रेस महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले राष्ट्र निर्माणका क्रममा एकजुट हुनुपर्ने भन्दै सबैलाई साथ दिएर बनाएर अघि बढ्न कांग्रेसलाई शुभकामना दिनुभयो।
“तर कांग्रेस अरूको नीतिका पछाडि होइन, आफ्ना नीतिमा अरूलाई हिँडाओस्”, ओलीले भन्नुभयो ,”शेरबहादुरजी प्रधानमन्त्री मात्र होइन, सरकारको नेता हुनुहोस् भन्ने मेरो शुभकामना छ।”
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस महाधिवेशनले शान्ति, लोकतन्त्र र विकासको लक्ष्यमा अघि बढ्न प्रतिबद्धता जनाउने विश्वास व्यक्त गर्नुभयो।
“कुनै पनि किसिमको प्रतिगमनकारी गतिविधि विरुद्धको आन्दोलनमा हामीले एकता प्रदर्शन गरेका छौँ “,प्रचण्डले भन्नुभयो, “सबैले सोच्नुपर्ने विषय के छ भने हामी सत्तामा पुगेपछि आन्दोलनमा जनताका अघि जे प्रतिबद्धता गरेका छौँ, त्यो पूरा गर्न सकेका छैनौँ।”
एकीकृत समाजवादीका नेता नेपालले सुखी नेपाली, समृद्ध नेपालको अभियान साकार पार्ने लक्ष्यमा भूमिका निर्वाह गर्न कांग्रेसलाई शुभकामना दिनुभयो।
कांग्रेस महाधिवेशनमा झाँकी
“नेपाली कांग्रेसको यो १४औँ महाधिवेशनले यावत् राष्ट्रिय समस्याका बारेमा छलफल गरेर कमीकमजोरीलाई सुधारेर कसरी अघि बढ्ने हो एउटा सन्देश दिनेछ”, उहाँले भन्नुभयो।
कांग्रेस महाधिवेशनलाई सङ्घीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल नेकपा मालेका अध्यक्ष सिपी मैनालीले सम्बोधन गनुभएको थियो ।
अल इन्डिया कंग्रेस कमिटीका महासचिव मुकुल वास्निकले भारतीय न्याश्नल कंग्रेसकी अध्यक्ष सोनिया गान्धीको सन्देश लिएर आफू आएको भन्दै नेपालले समृद्धि र विकासको गति लिने विश्वास लिएको बताउनुभयो ।
भारतीय जनता पार्टीका नेता हर्षवर्धनले महाधिवेशनलाई शुभकामना दिँदै नेपालका राजनीतिक दलहरूको एकता देखेर आफूलाई खुसी लागेको बताए।
महाधिवेशनमा के हुन्छ?
चार दिनसम्म सञ्चालन हुने महाधिवेशनले आगामी चार वर्षका लागि पार्टी सभापतिसहित १३ पदाधिकारी र १ सय ३४ केन्द्रीय सदस्यहरू चयन गर्नेछ।
कांग्रेसको हालै संशोधित विधानले पार्टी नेतृत्वमा दुई उपसभापति, दुई महामन्त्री र समावेशी सहित आठ सह-महामन्त्री महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरेको छ।
कांग्रेस महाधिवेशनमा नेताहरू
कांग्रेसको कोषाध्यक्षसहित ३३ केन्द्रीय सदस्य निर्वाचित सभापतिको सिफारिसमा मनोनीत हुने व्यवस्था छ।
उदारवाद, खुला अर्थतन्त्र र लोकतन्त्रको पक्षमा वकालत गर्दै आएको सत्ताधारी दलले १४औँ महाधिवेशनमा उत्साह, एकता र रूपान्तरणको नारा अघि सारेको छ।
विसं २०७२ फागुनमा काठमाण्डूमा भएको १३औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्दै शेरबहादुर देउवा कांग्रेस सभापतिमा निर्वाचित भएका थिए।
पहिलो चरणमा कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा भएको मतदानमा कृष्णप्रसाद सिटौला पक्षले देउवालाई साथ दिएको थियो।
प्रधानमन्त्री समेत रहेका देउवा यो महाधिवेशनमा पुनः सभापति पदमा आकाङ्क्षी हुनुहुन्छ।
उहाँलाई चुनौती दिने ठानिएको संस्थापनइतर समूहबाट साझा उम्मेदवारको टुङ्गो लागिसकेको छैन।
सभापतिमा आकाङ्क्षी को छन्
आफ्नो नाममा सहमति भए देउवाका समवयी नेता रामचन्द्र पौडेल आफैँ उम्मेदवार बन्ने चर्चा संस्थापनइतर समूहमा छ।
उक्त समूहमा कोइराला परिवारका शेखर कोइराला, संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा शशाङ्क कोइराला सभापतिको उम्मेदवार बन्ने चर्चा भए पनि शशाङ्कले सहमतिका लागि आफू लचक रहेको बताउने गर्नुभएको छ ।
अर्का संस्थापक नेता गणेशमान सिंहका कान्छा छोरा प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन्।

कांग्रेस महाधिवेशनमा महिला
हरेक ४ वर्षमा गर्नु पर्ने नेपाली कांग्रेसको महाधिवेशन पटक पटक सर्दै ५ वर्ष ९ महिना पछि गर्न लागिएको हो।
केन्द्रीय समितिका पदाधिकारी र सदस्य, देशभरबाट चुनिएका महाधिवेशन प्रतिनिधिहरू, भातृ सङ्गठन र शुभेच्छुक सङ्गठनका प्रतिनिधिहरू र विदेशस्थित जनसम्पर्क समितिबाट समेत चुनिएर आएका समेत गरी करिब ४ हजार ७०० प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनमा भाग लिनेछन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मतदानको कार्यतालिका आगामी २७ गतेका लागि तय गरिएको छ।
कांग्रेसको विधान अनुसार पार्टी नेतृत्वमा निर्वाचित हुन पचास प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। पहिलो चरणमा कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसके सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा मतदान हुने व्यवस्था छ


















