काठमाडौं, २८ मंसिर। नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको निर्वाचनको सभापतिको मत गणनामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आधा मत गन्दा त्यसको झण्डै आधा मत प्राप्त गर्नुभएको छ । दोस्रोमा डा. शेखर कोइराला रहनुभएको छ भने तेस्रो, चौथो र पाचौं स्थानमा क्रमश प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुड. रहनुभएको छ ।
पार्टी सभापतिका उम्मेदवारहरुको मतगणना राष्ट्रिय सभागृहमा भैरहेको छ ।
हालसम्म २६७७ मत गणना भएको छ । सुरुदेखि टपिरहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले १२६७ मत पाउनुभएको छ भने डा. शेखर कोइरालाले ९८० मत पाउनुभएको छ ।
प्रकाशमान सिंहले २०४ र विमलेन्द्र निधिले १६२ मत पाउँदा कल्याण गुरुङले १२ मत पाउनुभएको छ ।
कांग्रेस सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६ सय ७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए ।
सभापतिमा निर्वाचित हुन न्यूनतम् २३४० मत चाहिन्छ ।
कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।
पार्टी सभापति देउवालाई बहुमतका लागि अपुग मत धेरै नभएकाले संस्थापन पक्षका नेताहरु भने पहिलो चरणमै जित्ने दावी गरिरहनुभएको छ भने डा. शेखर कोइराला समूमहका नेताहरुले आधा मत गणनाले दोश्रो चरणको मतदानमा जाने बताएका छन् ।


















