Prakash Adhikari March 5, 2018

 

काठमाडौं,२१ फागुन । प्रतिनिधिसभाको पहिलो बैठकले सभाको कार्यसञ्चालनको अन्तरिम कार्यविधि पारित गरेको छ ।

सोमबार संंघीय संसद भवनको प्रतिनिधि सभा कक्ष बानेश्वरमा बसेको बैठकले अन्तरिम कार्यविधि पास गरेको हो ।

कार्यविधि पास गर्ने क्रममा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले छलफल नै नभई पास गर्न खोजेको भनेर नियमापत्ति गरेका थिए ।

तर, जेष्ठ सदस्यको हैसियतमा सभा सञ्चालन गरेका सभामुख महन्थ ठाकुरले नियम नै नबनेको अवस्था कसरी नियमापत्ति भन्दै प्रति प्रश्न गरे ।

बैठकले सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने पाँच सांसदको नाम पनि पास गरेको छ । जसमा एमालेबाट खगराज अधिकारी, कांग्रेसका मानबहादुर विक, माओवादीकी पूर्णाकुमारी सुवेदी, राजपाका लक्ष्मणलाल कर्ण र फोरमका उमाशंकर अर्गरिया छन् ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्री नियुक्तिसम्वन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइएको थियो ।

Share Now

Leave a comment.