Prakash Adhikari December 16, 2021

 

लण्डन(संयुक्त अधिराज्य), १ पौष (बीबीसी) । बुधवार यूकेमा ७८ हजारभन्दा धेरै अर्थात् महामारी सुरु भएयताकै सबैभन्दा उच्च कोभिड सङ्क्रमित पुष्ठि भएका छन्।

यसअघि गत ज्यानुअरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि हुँदा यूके लकडाउनमा थियो।

बेलायतका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस बिटीले त्यस्तो रेकर्ड सङ्ख्या आउँदा केही साताहरूमा कयौँपटक तोडिने बताएका छन्।

प्राथमिकता छुट्याउँ

एक पत्रकार सम्मेलनमा बोल्दै उहाँले क्रिसमसका कार्यक्रमहरूमा जमघट गर्नुअघि मानिसहरूले महत्त्वपूर्ण के हो भन्ने प्राथमिकता छुट्याउन सक्नुपर्ने बताउनुभयो।

बिटीसँगै उभिएर बोलेका प्रधानमन्त्री बोरिस जोनसनले कोभिड खोपको बूस्टर मात्रा लिनु निकै महत्त्वपूर्ण रहेको बताउनुभयो।

प्रधानमन्त्री जोनसनले केही ठाउँमा दुई दिनभित्रै सङक्रमितहरू दोबर भइरहेको पाइएको बताउनुभयो।

प्रधानमन्त्री जोनसनका अनुसार राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिसतले र लण्डनलमा झण्डै एक तिहाईले बढेको देखिन्छ।

यूकेमा एकसाथ दुई प्रकोप

लण्डनमा ओमिक्रोन सबैभन्दा प्रभावी भेरिअन्ट बनिसकेको छ।

प्राध्यापक बिटीले यतिखेर यूकेले एकसाथ दुई छुट्टाछुट्टै प्रकोप झेलिराखेको बताउनुभयो।

ओमिक्रोन

ओमिक्रोन

त्यो एउटा निकै छिटो फैलिरहेको ओमिक्रोन र अर्को डेल्टा भेरिअन्टका कारण रहेको उहाँले बताउनुभयो।

अहिले भाइरससँग जोडिएका मृत्युहरू भने ह्वात्तै बढेको देखिंदैन।

पछिल्ला २८ दिनमा त्यहाँ कोभिड पुष्टि भएकाहरूमध्ये मृत्यु सङ्ख्या १ सय ६५ रहेको छ।

युरोपमा चिन्ता

युरोपेली सङ्घ ईयूको स्वास्थ्य निकायले सन् २०२२ को सुरुसम्ममा ओमिक्रोन कोभिड भेरिअन्ट युरोपमा सबैभन्दा प्रभावी स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ।

कोभिड

कोभिड

उसको चेतावनीमा त्यसले अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढाउने समेत बताइएको छ।

युरोपियन सेन्टर फर डिजिज प्रीभेन्सन एण्ड कन्ट्रोलले सामाजिक दूरी, मास्क र बूस्टर खोप कार्यक्रममा जोड दिएको छ।

युरोपेली आयोग प्रमुख उर्जुला भोन देर लायनले भन्नुभएको छ, ूनयाँ सङ्क्रमण दोबर बन्ने समय हेर्नुभयो भने ओमिक्रोनका हकमा दुई वा तीन दिन देखिन्छ। यो निकै धेरै हो।ू

युरोपेली स्वास्थ्य आयुक्तले ईयू देशहरूलाई आफ्ना क्षमता बढाउन आग्रह गरेका छन्।

Share Now

Leave a comment.