Prakash Adhikari December 16, 2021

काठमाडौं, १ पुस । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिनुभएको छ ।

नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएसँगै डा. रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिनुभएको हो ।

महामन्त्रीको प्रारम्भीक मतगणनाले आफ्नो हार हुने देखेपछि नै उहाँले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो ।

अन्तिम परिणाम आएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाएको उहाँले आफ्नो ट्वीटरमा लेख्नुभएको छ ।

महाधिवेशनको परिणामले पार्टीभित्र आफ्नो समर्थनको आधार अत्यन्त संकुचितले आफू रक्षामन्त्री पदमा रहनु नैतिक रुपमा उपयुक्त नहुने ठानेर रक्षामन्त्री पदबाट राजीनामा दिएको उहाँले लेख्नुभएको छ

डा. रिजालका अनुसार राजीनामा दिने घोषणा गरेपछि पार्टीका नेताद्धय रामचन्द्र पौडेल र कृष्ण सिटौलाले यसो गर्न आवश्यक छ र भनेर सोध्नुभएको थियो भने पार्टीका सभापति समेत रहेका प्रधानमन्त्रीले साच्चै गर्ने हो र ? भनेर जिस्क्याउनुभएको थियो।

राजीनामापछि रक्षा मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा.रिजालले भन्नुभयो, ‘निकै ठूलो मतान्तरले हारिसकेपछि आफ्नो अनुहार त राम्रो छ भन्न बहाना खोज्नु राम्रो होइन । चार वर्ष कांग्रेस चल्नुपर्छ, त्यसका लागि मेरो राजीनामा दिने निर्णय उपयुक्त छ ।’

 

Share Now

Leave a comment.