Prakash Adhikari December 18, 2021

काठमाडौं, ३ पौष । पूर्वमन्त्रीद्धय अर्जुनबहादुर सिंह र चित्रलेखा यादव नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

यसअघि राजदूतसमेत भइसकेका सिंह पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा विजयी हुनुभएको हो ।

निर्वाचनमा खसेका ४ हजार ६ सय ७२ मत खसेकोमा सिंहले २ हजार ६ सय ७७ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिस्पर्धी दीपकजंग शाहीले २ हजार ५६ मत ल्याउनुभएको थियो ।

३९ मत भने बदर भएको छ निर्वाचन समितिले जानकारी दिएको छ ।

मधेशको भूगोल महिलाबाट चित्रलेखा निर्वाचित

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी हुुनुभएको छ । उहाँ कांग्रेसको प्रदेश २ भूगोलबाट महिलातर्फको केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो।

संस्थापन प्यानलबाट उम्मेदवार बनेकी यादवले २ हजार ७ सय ३१ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटम प्रतिस्पर्धी गीता चौधरीले १ हजार ८ सय ८५ मत प्राप्त प्राप्त गर्नुभयो ।

यसअघि प्रदेश २ को भूगोलतर्फ पुरुषमा आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

Share Now

Leave a comment.