Prakash Adhikari December 19, 2021

काठमाडौं, ४ पौष । नेपाली कांग्रेसको १४ औ महाधिवेशनद्धारा खुला(पुरुष)तर्फको ३५ केन्द्रीय सदस्य पदको मतगणना सकिएको छ ।
आइतबार राति आएको अन्तिम मतपरिणाम अनुसार डा।शशांक कोइराला सबैभन्दा धेरै मत पाएर विजयी हुनुभएभएको छ । उहाँले ३८३६ मत पाउनुभएको छ।

उहाँलाई एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडाले पछ्याउनुभएको छ । ३५ औं स्थानमा कृष्णकिशोर घिमिरे निर्वाचित हुनुभएको छ। उहाँले १७०७ मत पाउनुभयो ।

१६ नयाँ अनुहार


खुल्ला ३५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा १६ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् । १९ जना पुरानै अनुहार दोहोरिएका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित नयाँ अनुहारमा अधिकांश चर्चित युवा नेताहरु छन् । निर्वाचित हुनेमा अधिकांश नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको नेतृत्व गरिसकेका नेताहरु छन् ।

पहिलो पटक केन्द्रीय सदस्य बन्नेमा उदयशमशेर राणा, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे र मोहन आचार्य रहनुभएको छ ।

खुलातर्फ निर्वाचित ३५ केन्द्रीय सदस्य र प्राप्त मत

१. शशांक कोइराला ३८३६
२. एनपी साउद २९३७
३. बालकृष्ण खाँण २८७९
४. उदयशम्शेर राणा २८४३
५. रामहरि खतिवडा २८३२
६. ज्ञानेन्द्रबहादुर कार्की २८२०
७. रमेश लेखक २७८०
८. शंकर भण्डारी २७६८
९. जिपछिरिङ लामा २७०२
१०. अर्जुन नरसिंह केसी २६५०
११. जितजंग बस्नेत २५५७
१२. गोपालमान श्रेष्ठ २५३८
१३. मोहनबहादुर बस्नेत-२४७६
१४. सुनीलबहादुर थापा-२४७२
१५. नैनसिंह महर २४६७
१६. दिलेन्द्रप्रसाद बडू-२४४१
१७. डा. रामशरण महत- २४३४
१८. बलबहादुर केसी-२३८८
१९. गोविन्द भट्टराई-२३५०
२०. कुन्दनराज काफ्ले-२२७९
२१. दीपक गिरी-२२६५
२२. सुरेन्द्रराज पाण्डे-२२०१
२३. पद्मनारायण चौधरी-२०३८
२४. राजीव ढुंगाना- १८९६
२५. गुरु बराल-१८७०
२६. सञ्जयकुमार गौतम-१८६७
२७. गोविन्द राज पोखरेल-१८४३
२८. मदनबहादुर अमात्य- १८३०
२९. अजयबाबु शिवाकोटी १८११
३०. गणेश लामा १७८२
३१. दिनेश कोइराला -१७८१
३२. उमेशजंग रायमाझी १७७६
३३. ई. मोहन आचार्य-१७५१
३४. गोपाल दहित-१७१०
३५. कृष्णकिशोर घिमिरे १७०७

Share Now

Leave a comment.