Prakash Adhikari December 20, 2021

काठमाडौं, ५ पौष। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महिला खुलातर्फको मत गणनामा डा. डिला संग्रौला शीर्ष मत परेको देखिएको छ ।

झण्डै एकतिहाई मत गणना गर्दा उहाँलाई पुष्पा भुसाल, डा.आरजु देउवा,अम्बिका बस्नेत, इश्वरी न्यौपाने र सरिता प्रसाईले पछ्याईरहनुभएको छ ।

नेपाली कांग्रेस निर्वाचन समितिले दिएको जानकारी अनुसार १ हजार ६ सय मत गणना गर्दा डा. संग्रौलाले १ हजार १४, दोस्रो स्थानमा रहेकी पुष्पा भुषालले ९ सय ७०, डा. आरजू देउवा राणले ९ सय १, चौथो स्थानमा अम्बिका बस्नेतले ८ सय ११, ईश्वरी न्यौपानेले ७ सय ८६ र सरिता प्रसाईले ७ सय ६८ मत पाउनुभएको छ।

यो समूहमा ३० जना उम्मेदवार थिए । महिलातर्फ खुला समूहबाट अकला गुरुङ, अनिता देवकोटा, अम्बिका सुवेदी, आम्बिका शर्मा लामिछाने, अम्बिका बस्नेत, डा. आरजू राणा देउवा, ईश्वरी न्यौपाने, उमा दाहाल, उषाकुमारी राउत, कल्पना अधिकारी, किरण कोइराला र गौरीकुमारी श्रेष्ठले उम्मेद्वारी दिनुभएको थियो ।

त्यसैगरी जमुना ढकाल, डा. डिला संग्रौला पन्त, तुलसा पन्त, धन खतिवडा, नम्रता बराल, पुष्पा भुसाल, बासना थापा, बिजुला बर्मा राणा, मोदती केसी, रंगमती शाही, रमा कोइराला पौडेल, रिता दवाडी, रुक्मिणीदेवी कोइराला, शान्ती कार्की, सुशीला ढकाल आचार्य, सरिता प्रसाई, सावित्री बोगटी पाठक र सीतादेवी देवकोटा पाण्डे पनि यही समूहबाट कांग्रेसको केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरिरहनुभएको छ ।

 

Share Now

Leave a comment.