काठमाडौं, ५ पौष । यस बर्षको मौद्रिक नीतिमार्फत सेयर कर्जामा गरिएको कडाईले ओरालो लागेको धितोपत्र बजार सोमबार पनि उकालो लाग्न सकेन ।
गत साता निरन्तर लगातार ओरालो लागेको सेयर बजार परिसुचक सोमबार १७.९३ अंकले ओरालो लागेर २३५८.८१ बिन्दुमा झरेको छ ।
आज २ सय ३१ वटा कम्पनीहरुको ५४ लाख ३९ हजार ८७ कित्ता सेयर खरिद बिक्रीबाट २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८ सय ६३ रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने १३ वटा उपसमूह मध्ये ११ वटा उपसमुहहरुको सूचक ओरालो लागेकाछन भने दुई उपसमूहको सूचक उकालो लागेका छन् ।


















