काठमाडौं, ६ पौष । अफगानिस्तानमा तालिबानले शासन गरेको चार महिना पुग्दानपुग्दै त्यहाँ भोकमरी सुरु भएको छ।
अहिले त्यहाँको अर्थतन्त्र धराशायी बन्दै गएको छ र चिकित्सा प्रणालीले कोभिडसँग लड्न सकिरहेको छैन।
घोर प्रान्तको एक अस्पतालमा पुगेका बीबीसीका सेकुन्दर कर्मानीले बिरामी र कुपोषण भएका बालबालिकाहरूको भयावह अवस्था देखेका थिए जसलाई औषधि र पौष्टिक खानेकुराको निकै आवश्यकता देखिएको छ।
नेपालले सहायता सामग्री पठाउने
नेपाल दक्षिण एशियाली सहयोग संगठन(सार्क) राष्ट्रको अध्यक्षको हैसियतले अफगानिस्तानमा भैरहेको भोकमरी कम गर्न सहयोग सामग्री उपलब्ध गराउन अग्रसर भएको छ ।
अफगानिस्तान सार्कको सदस्य राष्ट्र हो ।
नपाल सरकार स्वयं , नेपालमा रहेका विभिन्न राष्ट्रका अवैतनिक वाणिज्य दूतहरु र नेपालका उद्योगपति तथा व्यापारीहरुको सरसहयोगमा औषधी,खाद्य तथा पोषणयुक्त सामग्री र लत्ताकपडा अफगानिस्तान पठाउने तयारी भैरहेको छ ।
कति जतिको सहयोग सामग्री कहिलसम्म पुग्छ भन्ने चाही एकिन भैसकेको छैन् ।


















