काठमाडौं, ८ पौष। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको केन्द्रीय कार्यसमितिको निर्वाचनका सबै सदस्यको मत परिणाम आज आउने अपेक्षा गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार दलित, खस आर्य, आदिवासी जनजाति र दलिततर्फको केन्द्रीय सदस्यको मतगणना बुधबार नसकिएर रोकिएको छ ।
दलिततर्फको ९, खस आर्यतर्फ १३ र जनजातितर्फ १५ जनासहित ३७ जनाको मत गणनाको परिणाम आउन बाँकी छ ।
आदिवासी जनजातितर्फ २००४ मत गणना हुँदा चिनकाजी श्रेष्ठ १०१० मतसहित शीर्षमा देखिनुभएको छ।
त्यस्तै उमेश श्रेष्ठले ९३०, बहादुरसिंह लामा ९०६, टेकबहादुर गुरुङ ८५४, दिलमान पाख्रिन ८४१, तारामान गुरुङ ७८९, आङ्गेलु शेर्पा ७८७, ओमबहादुर घर्ती ६४४, टेकप्रसाद गुरुङ ६९६, जितनारायण श्रेष्ठ ६६५ र महादेव गुरुङले ६१५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै दलिततर्फ २९०० मत गणना मानबहादुर नेपाली १४२३ मतसहित शीर्षमा हुनुहुन्छ । उहाँलाई प्रकाश स्नेहीले १३८४, नृपबहादुर वड १३२९, हरिशरण नेपाली १२७३, मैकुलाल बाल्मीकी ११५३, बुद्धिराम हरिजन ११२३, डोबाटे विश्वकर्मा १०८५, शिव बहादुर सुनार ८५३ मतसहित पछ्याउनुभएको छ ।
खस आर्यतर्फ २८५० मत गणना हुँदा केशव बुढाथोकी २१४१ मतसहित शीर्षस्थानमा हुनुहुन्छ भने गोविन्द शाह १२१४, भीम पराजुली ११६२, मधु आचार्य ११५९, श्यामकुमार घिमिरे १०७६, नारायणबहादुर कार्की १०६६, गहेन्द्र गिरी १००१, विष्णुकुमार कार्की ९८१, हरिबोल भन्डारी ९३८, कमलबहादुर शाह ८९२, मेदनी सिटौला ८२१, तारा कोइराला ९१९, प्रकाश पौडेल ७३०, हरी न्यौपाने ६१५ मत हासिल गरी पछ्याइरहनुभएको छ ।
मंसिर २४ गते उद्घाटन भएको नेपाली कांग्रेसको महाधिवेशनमा २७ गते निर्वाचन भएको थियो । नेपाली कांंग्रेसको विधान अनुसार केन्द्रीय सदस्यको संख्या १३४ जनाको हुने छ ।
निर्वाचित सभापतिलाई थप ३३ जना मनोनित गर्ने सहुलियत विधानले दिएको छ ।


















