धनगढी(कैलाली), २२ फागुन । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेश सभा संसदमा विश्वासको मत पाएका छन्।
प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्रीको पक्षमा वाम गठबन्धनका ३८ सांसदले र विपक्षमा अन्य दलका १० सांसदले मतदान गरेका थिए ।
५३ सदस्यीय सांसद रहेको प्रदेश नम्बर ७ मा मंगलबारको बैठकमा ४८ सांसदको उपस्थित रहेको थियो ।
नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टिले यसअघि नै विपक्षमा मतदान गर्ने बताएका थिए।
नेकपा एमाले र माओवादी केन्द्रका गरी दुईतिहाइ सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका भट्टले संसद बैठकमा विश्सावको मत लिएका हुन्।
प्रदेश सभामा एमालेका २५ माओवादी केन्द्रका १४ नेपाली कांग्रेसका १२ र राजपाका २ गरी ५३ सांसद छन्।