Prakash Adhikari January 3, 2022

काठमाडौं, १० पौष । आज बिहान सत्ता साझेदार दलहरुको बैठक बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैंठकमा संघीय संसदमा प्रमुख प्रतिपक्षी दलले गरेको अवरोध खुलाउने र आसन्न राष्ट्रिय सभामा पदको भागवण्डा गरी सत्तारुढ गठबन्धनलाई जिताउने विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ।

सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धन बनाएर निर्वाचनमा जाने तयारीमा छन् ।

आगामी फागुनदेखि एमालेका ८, माओवादी केन्द्रबाट च, नेकपा एकीकृत समाजवादीका ४, कांग्रेसबाट ३ र मनोनीत १ गरी २० सांसद चार वर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन् ।
मनोनीत हुनेबाहेक १९ सिटका लागि ७ वटै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन हुने छ । आजको बैठकमा यी सिटहरूमा सत्ता साझेदार दलहरुबीच भागबण्डाको प्रयास हुने एक नेताले बताए ।

राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २० गते (मंगलबार) उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराहृन ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

निर्वाचनमा भाग लिन चाहने दललाई आयोगले पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने समय दिएको थियो ।

Share Now

Leave a comment.