Prakash Adhikari January 3, 2022

 

काठमाडौं, १९ पौष। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

बैठक सोमबार दिउँसो २ बजे बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यालय,सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ।

बैठकमा राष्ट्रिय सभामा पार्टीका तर्फबाट उठाउने उम्मेद्वारको निर्णय, कोषाध्यक्ष मनोनयन, अबरुद्ध संघीय संसद लगायत विषयमा छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।

१४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको यो दोस्रो बैठक हो । कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक शनिबार बसेको थियो ।

कांग्रेस सभापति देउवाले यस बीचमा दुई चरण गरी पार्टीको केन्द्रीय सदस्यमा १३ जनालाई मनोनित गरिसक्नु भएको छ ।

उहाँले आइतबार केन्द्रीय सभापतिमा प्रतिष्पर्धा गर्नुभएका कल्याण कुमार गुरुङ,महामन्त्रीका प्रत्यासी युवा नेता प्रदीप पौडेल र कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको हो।

कांग्रेस सभापति देउवाले शनिबार रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य पदमा मनोनीत गर्नुभएको थियो।

सभापति देउवाले यो कार्यकालमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने र विभागहरुको गठन तथा परिचालनलाई उच्च प्राथमिकता दिनुभएको देखिएको छ ।

Share Now

Leave a comment.