Prakash Adhikari January 9, 2022

काठमाडौं, २५ पौष। नेपालका कर्पोरेट क्षेत्रका उत्कृष्ट व्यवस्थापक र संस्था निर्माताहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानित गर्नुभएको छ ।

शनिवार होटल सोल्टीमा आयोजित एक विशेष कार्यक्रममा प्रधानमन्त्री देउवाले सो सम्मान प्रदान गर्नुभएको हो

कर्पोरेट क्लब प्रालिले आयोजना गरेको द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट इक्सिलेन्स एण्ड द एचआरएम नेपाल अवार्डस फर डिस्टिङग्वुइज सर्भिस २०२१ बाट १९ जना व्यक्ति तथा संस्थाहरु सम्मानित भएका छन्।

यसरी सम्मानित हुनेमा उत्पादनमूलक क्षेत्रबाट किरण सुज,वित्तीय सेवा क्षेत्रबाट मुक्तिनाथ विकास बैंक,बीमा क्षेत्रबाट शिखर इन्स्योरेन्स, आईटी।आइएसपीबाट डिस होम मिडिया नेटवर्क, हस्पिटालिटी क्षेत्रबाट द सोल्टी काठमाण्डौ, स्वास्थ्य सेवा क्षेत्रबाट तिलगंगा आँखा अस्पताल सम्मानित भएका छन् । त्यस्तै औषधी उद्योगबाट क्वेष्ट फर्मास्युटिकल, एमएनसी एशियन पेन्ट्स, जलविद्युत कम्पनीबाट बुटवल पावर कम्पनी, कृषि ब्यवसायबाट निम्बस होल्डिड.स्, वित्तीय प्रविधि(फिनटेक)बाट इसेवा,महिला नेतृत्वमा अनुपमा खुँजेली, पुरुष नेतृत्वमा हरिभक्त शर्मा,लाइफटाइम एचिभमेण्टबाट गणेशबहादुर श्रेष्ठ, स्टार्ट अपबाट सस्तो डिल प्रा.लि.सोसल इन्टरप्राइजबाट टिच फर नेपाल सम्मानित भएका छन् । सस्था निर्माताहरुबाट प्रा.डा.सुरेशराज शर्मा,प्रा.डा.सन्दुक रुइत,प्रा.डा.भगवान कोइरालालाई सम्मानित गरिएको छ ।

ग्रोथ सेलर्सको भगेनी संस्थाको रुपमा रहेको कर्पोरेट क्लब नेपालले नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान गर्ने संस्था तथा व्यक्तिहरुलाई प्रोत्साहित गर्न यो कार्यक्रमको आयोजना गरिएको बताएको छ।

विजेताहरु चयन गर्नका लाग काठमाडौं युनिभर्सिटी व्यवस्थापन संकायका पूर्वडीन प्रोफेसर डा सुवास केसीेको सयोजकत्वमा पूर्व सचिव पुण्यप्रसाद न्यौपाने, त्रिभुवन विश्वविद्यालयकी प्रा.डा. रीता श्रेष्ठ, सफल पार्टनरका सीइओ आशुतोष तिवारी, पूर्व बैंकर वर्षा श्रेष्ठ र पत्रकार मुकुल हुमागाई रहेको निर्णायक मण्डल गठन गरिएको थियो।

Share Now

Leave a comment.