काठमाडौं, २६ पौष ।राष्ट्रिय खेलकुद परिषदको सहयोग र नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आजदेखि प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।
प्रतियोगिताको खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानीस्थित मूलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ।
प्रधानमन्त्री कप पहिलो पटक टी २० फर्म्याटमा आयोजना हुँदैछ।
नेपालले फेब्रुअरी १५ तारिख देखि ओमानमा खेल्न लागेको टी २० विश्वकप ग्लोबल छनोट(ए) प्रतियोगितालाई ध्यानमा राखेर प्रशिक्षक पुबुदु दासानायकेले प्रधानमन्त्री कप टी २० फर्म्याटमा आयोजना गर्न अनुरोध गर्नुभएको थियो । क्यानले राखेपलाई प्रतियोगिताको फर्म्याटमा परिवर्तन गर्न अनुरोध गरेपछि खेलकुद परिपद्को स्वीकृतिमा फर्म्याट परिवर्तन गरिएको हो।
प्रतियोगितामा ७ वटा प्रदेश र तीन वटा विभागीय गरी १० टिम सहभागी छन्। १० टिमलाई समुह ‘ए’ र ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ।
समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ छन्। समुह ‘बी’ मा नेपाल एपीएफ क्लब, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्।
समुह चरणमा सबै टिमले एकअर्कासंग एकएक खेल खेलेपछि दुवै समूहको उत्कृष्ट दुई टिम सेमीफाइनल पुग्नेछन्।
प्रतियोगितामा सहभागी टिम र खेलाडीहरु : सुदूरपश्चिम प्रदेश : सन्तोष भट्ट ( कप्तान ) , शेर मल्ल ( उपकप्तान ) , राजु रिजाल ( विकेटकिपर ) , अर्जुन साउद ( विकेटकिपर ) , खडक बोहरा, नारायण जोशी, बसन्त कार्की, गजेन्द्र बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकाश आग्री, आदित्य मेहता, दिपक टमाटा कैलाश ऐर , प्रशिक्षक : खेम राज भट्ट
नेपाल एपीएफ क्लब : शरद भेसावकर, प्रदिप ऐरी, सन्दिप जोरा, आसिफ शेख, लोकेश बम, रित गौतम, सुमित महर्जन, भुवन कार्की, अमर सिंह रौटेला, कमल सिंह ऐरी, अविनाश बोहरा, किशोर महतो, पुरण बिक, दिपक बोहरा
प्रदेश नम्बर-१ : सिद्धान्त लोहनी ( कप्तान ) , मुकुन्द यादव, श्रवण यादव, दिपेश कंडेल, मिनस थापा, शाकिब हक, अंकित सुबेदी ( उपकप्तान ) , मनोज तामाङ, बिधान गोस्वामी, सोनु अन्सारी, सुमन श्रेष्ठ ( विकेटकिपर ) , फिर्दोश अन्सारी, कमल खत्री, बिबेक मेहता, प्रशिक्षक – लाक्पा लामा
प्रदेश नम्बर-२ : हसिम अन्सारी ( कप्तान ) , बिबेक यादव ( उपकप्तान ) , हरि कृष्ण झा, सुरज पटेल ( विकेटकिपर ) , राहुल प्रताप सिंह, पार्थिक यादव, हरिशंकर शाह, मेहबुब आलम, जितेन्द्र यादव, सन्तोष कार्की, रुपेश सिंह, कुमार थापा, आदील आलम, बिशाल सुश्लिंग, प्रशिक्षक : प्रकाश शर्मा
नेपाल पुलिस क्लब : मन्जित श्रेष्ठ ( कप्तान ) , आरिफ शेख, पवन सर्राफ, सागर ढकाल, करन केसी, गुल्सन झा, अनिल शाह, योगेन्द्र सिंह कार्की कुशल भुर्तेल, दिपेन्द्र ऐरी, शंकर राना, राशिद खान, दिलिप नाथ, अमित श्रेष्ठ , प्रशिक्षक – मनोज कटवाल
लुम्बिनी प्रदेश : कृष्ण कार्की ( कप्तान ) , सौरभ खनाल ( उपकप्तान ) , सन्दिप रजाली, देव खनाल, बिक्रम भुसाल, अनिल खरेल, दुर्गेश गुप्ता, सुशान्त सिंह थापा, तुल बहादुर थापा, बसिर एहमद, सिद्धान्त राज शाही, बिशाल बिक्रम केसी, मोहन खत्री र दिपेन्द्र रावत, प्रशिक्षक – दिपेन्द्र प्रताप सिंह
गण्डकी प्रदेश : बिपिन खत्री ( कप्तान ) , विशाल पौडेल ( उपकप्तान ) , विधान श्रेष्ठ, दिपक डुम्रे, अर्जुन कुमाल, अनिल गुरुङ, गोबिन्द बिक, सन्दिप खत्री क्षेत्री, अभिषेक बस्नेत, कमल परियार, सुभाष भण्डारी, अशोक श्रेष्ठ, कृष्ण पौडेल, चन्द्रकान्त पौडेल, प्रशिक्षक – रिजन प्रजु
बागमती प्रदेश : ज्ञानेन्द्र मल्ल, सुबास खकुरेल, नन्दन यादव, आदील खान, लकी कडायत, प्रतिश जिसी, इशान पाण्डे, राम नरेश गिरि, तिलक राज भण्डारी, रिजन ढकाल, सुमन सुनार, बिपिन आचार्य, सुवाष खत्री, रोहण बिक, प्रशिक्षक – रिकेश लामा
कर्णाली प्रदेश : रविन्द्रजंग शाही ( कप्तान ) , प्रकाश जैसी, निश्चल रावल ( उपकप्तान ) , दिवान पुन, अनुज चनारा, हिमांशु शाही, दिनेश अधिकारी, बिपिन रावल, हेमन्त ओली, अर्जु घर्ति, राज कुमार शाह, मनिश थापा, अनुप कुँवर, रुपक ढकाल
त्रिभुवन आर्मी क्लब : बिनोद भण्डारी ( कप्तान ) , सोमपाल कामि, कुशल मल्ल, रोहित पौडेल, शाहब आलम, राजेश पुलामी, सुशन भारि, जितेन्द्र मुखिया, बिक्रम सोब, हरि बहादुर चौहान, आकाश चन्द, सोनु तामांग, तुल बहादुर थापा, इन्द्रकमल मानन्धर , प्रशिक्षक – चन्द्र साउद
प्रधानमन्त्री कप टि-२० को खेल तालिका


















