काठमाडौं, २७ पौष । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १५ हजार ३३ जनामा परिक्षण गर्दा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज थप ३ सय १३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २२ जना रहेका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६ सय ७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार अहिले १ सय १३ जना क्वारेन्टाइनमा रहेका छन्।
हालसम्म नेपालमा पी.सी.आर विधिबाट ४९ लाख ४८ हजार २ सय ३७ र एण्टिजेन विधिबाट ८ लाख ६५ हजार २ सय २८ को कोरोना परीक्षण भएको छ ।
त्यसमध्ये पीसीआर विधिबाट ८ लाख ३५ हजार ९ सय २७ जना र एण्टिजेन विधिबाट ९७ हजार ९ सय ६७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस मध्ये ८ लाख १४ हजार ७ सय ९८ जना निको भएका छन् । निको हुने दर ९७.५ प्रतिशत रहेको छ भने मृत्यु दर १.४ प्रतिशत रहेको छ ।



















