Prakash Adhikari January 19, 2022

 

कीर्तिपुर(काठमाडौं), ५ माघ । प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत फाइनल खेल हुँदैछ ।

त्रिभुवन विश्वविद्यायको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान कीर्तिपुरमा सुरु भएको फाइनलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभागीय टिम भिडिरहेका छन् ।

टस जितेको नेपाल प्रहरीले फिल्डिड. रोजेपछि सशस्त्र प्रहरी बलले ब्याटिड. गरिरहेको छ ।

अहिले १५.१ औं ओभरको खेलमा सशस्त्र प्रहरीले ७ विकेटको क्षतिमा १ सय १२ रन जोडेको छ ।

मंगलबार भएको सेमिफाइनलको खेलमा जित हात पार्दै नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका टिमले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन।

सेनालाई पराजित गर्दै सशस्त्र फाइनलमा

मंगलबार सम्पन्न सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको टिमल फाइनलको यात्रा तय गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा २ सय ३१ रनको विशाल लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रनमात्र बनाउँन सक्यो । उसका लागि राजेश पुलामी मगरले सर्वाधिक ३८, भीम सार्कीले ३५, सुमित श्रेष्ठले २४, हरि चौहानले २२ तथा शाहब आलमले २१ रन बनाए ।
त्रिभुवन आर्मी क्लबलाई रोक्ने क्रममा सशस्त्र प्रहरीबलका कप्तान शरद भेषावाकारले ३ तथा भुवन कार्की र अविनास बोहोराले समान २ । २विकेट लिए । यस्तै, दिपक बोहोरा र किशोर महतोले समान १ ।१ विकेट लिए ।

यसअघि खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपाल एपीएफ क्लबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो । उसका लागि ओपनर आशिफ शेखले ८४ तथा लोकेश बमले अविजित ६६ रन बनाए । यस्तै, अर्का ओपनर प्रदिप ऐरीले ५७ रनको योगदान दिए ।
सशस्त्र प्रहरी बलको टिमलाई रोक्ने क्रममा त्रिभुवन आर्मी क्लबको बलिंगतर्फ जितेन्द्र मुखिया र सुमित श्रेष्ठले समान १ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे ।

बागमतीलाई हराउदै नेपाल प्रहरी फाइनलमा

मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल पुग्यो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५ रनमात्र बनाउँन सक्यो । उसका लागि ओपनर ब्याटर आदील खानले २७, कप्तान ज्ञानेन्द्र मल्लले २३, रामनरेश गिरीले अविजित २२ तथा रिजन ढकालले अविजित १६ रन बनाए ।

बागमतीलाई रोक्ने क्रममा नेपाल पुलिस क्लबको बलिंगतर्फ दिपेन्द्र सिंह ऐरीले ५, सागर ढकालले २ विकेट तथा आरिफ शेखले १ विकेट लिए ।

यसअघि खेलमा टस जितेर ब्याटिंग रोजेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । उसका लागि ओपनर ब्याटर पवन सरार्फले ५९ तथा दिलिप नाथले ३१ , अनिल शाहले २५ तथा आरिफ शेखले १२ रनको योगदान दिए ।

नेपाल प्रहरीलाई रोक्ने क्रममा बागमती प्रदेशका नन्दन यादव र विजन ढकालले समान २ तथा प्रतिष जिसीले १ विकेट लिए ।

Share Now

Leave a comment.