Prakash Adhikari January 21, 2022

काठमाडौं, ७ माघ । साल्ट ट्रेडिड. कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएको छ ।

उहाँको माघ ६ गते बिहिबार निधन भएको हो ।

बरिष्ठ उद्योगी तथा ब्यवसायी मानन्धर पूर्व सांसद मञ्चको आजीवन सदस्य पनि हुनुहुन्थ्यो । उहाँ नेकपा एमालेबाट सांसद हुनुभएको थियो । उहाँ नेकपा एमालेको उद्योग व्यवसायी महासंघका संयोजक पनि हुनुहुन्थ्यो ।

शान्ति शिक्षा मन्दिर माध्यमिक बिद्यालय सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका मानन्धरको निधनले मुलुकले एक इमान्दार उद्योगी र राजनीतिकर्मी र समाजसेवी गुमाएको छ ।

Share Now

Leave a comment.