Prakash Adhikari January 23, 2022

बर्लिन(जर्मनी), ९ माघ(बीबीसी) । युक्रेनबारे विवादास्पद टिप्पणी गरेसँगै जर्मनीका नौसेना प्रमुखले राजीनामा गरेका छन्।

के(खिम श्योनबाखले युक्रेनमाथि रुसले आक्रमण गर्न चाहेको भन्ने कुरा बकवास रहेको बताउनुभएको थियो।

उहाँले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले मात्र सम्मान खोजेको पनि बताउनुभएको थियो।

युक्रेनलाई अमेरिका र यूके सहितका अन्य केही राष्ट्रहरूले हातहतियार उपलब्ध गराएका छन्। तर जर्मनीले भने हतियार उपलब्ध गराउन युक्रेनले गरेकोआग्रह अस्वीकार गरेको छ।

पुटिनले पश्चिमा राष्ट्रहरूसमक्ष केही मागहरू अघि सार्नुभएको छ जसमा रुसी सुरक्षा चासोहरू समेटिएको उहाँको भनाइ छ।

युक्रेनलाई सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोको सदस्य बन्नबाट रोकिनुपर्ने रुसले माग गरेको छ।

रुसमाथि प्रत्यक्ष सुरक्षा खतरा हुने भन्दै नेटोले पूर्वी युरोपमा सैन्य अभ्यास गर्न अनि हतियार पठाउन बन्द गर्नुपर्ने पुटिनको चाहना देखिन्छ।

यसैबीच युक्रेन सरकारको नेतृत्वमा मस्को समर्थक व्यक्ति ल्याउनका लागि पुटिनले षड्यन्त्र गरेको यूकेले आरोप लगाएको छ।

श्योनबाखको भनाई

शुक्रवार भारतमा एउटा थिङ्क ट्याङ्कले आयोजना गरेको छलफलमा आफ्नो विचार राख्ने क्रममा उहाँले त्यस्तो टिप्पणी गर्नुभयो।

जर्मन नौसेना प्रमुख

जर्मन नौसेना प्रमुख

उक्त भिडिओ पछि सामाजिक सञ्जालमा प्रसारण गरिएको थियो।

भिडियोमा उहाँले पश्चिमा राष्ट्रहरूले पुटिनलाई समान रूपमा व्यवहार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

“उनले माग गरेजस्तै सम्मान दिन सजिलो छ र सम्भवतः उनी त्यसका लागि योग्य पनि छन्”,श्योनबाखले भन्नुभयो।

युक्रेनको विदेश मन्त्रालयले श्योनबाखको टिप्पणीलाई ु”स्पष्ट रूपमा अस्वीकार्य” रूपमा व्याख्या गरेको छ।

शनिवार श्योनबाखले ुुथप क्षति हुन नदिनुु आफ्नो पदबाट “तत्काल लागु हुने गरी” राजीनामा गरेको बताउनुभएको छ।

युक्रेनको सीमा नजिकै एक लाख रुसी सेना तैनाथ गरिएसँगै युरोपमा नयाँ द्वन्द्व सुरु हुनसक्ने जोखिम रहेको नेटोका प्रमुखले चेतावनी दिएका छन्।

अमेरिकाले उपलब्ध गराएको झन्डै ९० टन बराबर “हातहतियार सहायता” युक्रेन पुगेको छ।

यूकेले पनि केही दिन अघि युक्रेनमा प्रतिरक्षाका लागि प्रयोग गर्न सकिने हतियार अनि तालिमका लागि थप सैन्य बल पठाउन लागेको घोषणा गरेको थियो।

कैयौँ अन्य नेटोका सदस्य राष्ट्रहरूले सैन्य सामग्री पठाइरहेका वा सेना खटाएका छन्।

 

Share Now

Leave a comment.