Prakash Adhikari January 24, 2022

 

काठमाडौं, १० माघ । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको छ।

नेपाल राष्ट्र बैंकले क्यापिटल कन्जरभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै बैंकको लाभांश घोषणा तथा वितरण सम्बन्धि प्रस्ताव स्वीकृत नगरेपछि बैंकले लाभांश रद्द गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

Share Now

Leave a comment.