Prakash Adhikari March 9, 2018

काठमाडौं,२५ फागुन । प्रतिनिधिसभा सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखका लागि उम्मेद्वारी दिने निर्धारत समयमा उनको मात्र उम्मेदवारी परेको हो ।

सभामुखको उम्मेद्वारीकोलागि आज २ बजेसम्मको समय निर्धारण गरिएको थियो ।

संघीय संसदको गणितआफ्नो पक्षमा नभएकोले नेपाली कांग्रेसले सभामुख तथा उपसभामुख,राष्ट्र्यि सभाका अध्यक्ष र उपाध्यक्ष लगायतका पदमा उम्मेद्वारी दिने रुचि देखाएको छैन् ।

राष्ट्र्पति पदमा भने आफ्नो पार्टी सभापति प्रधानमन्त्री रहदा गरेका शिफारीसहरुलाई अवरुद्ध गरेर संविधानको संरक्षकको भूमिका तटस्थ भएर निर्वाह गर्न नसकेकी वर्तमान राष्ट््रपतिलाई नै बाम गठबन्धनले पुनः उम्मेदवार बनाएकोले नेपाली कांग्रेसले कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ ।

सभामुखमा एकमात्र उम्मेद्वारी परेर निर्विरोध निर्वाचित भएका महरा निर्वाचित भएको औपचारिक घोषणा भने भोलि हुनेछ ।

उम्मेद्वारी दर्ता गरेर निर्विरोध भएपछि सांसद महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने बताए ।

महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए ।

माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

Share Now

Leave a comment.