Prakash Adhikari February 4, 2022

 

काठमाडौँ , २१ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त हुनुभएको छ ।

२०७४ सालमा प्रधानमन्त्री देउवाको प्रेस संयोजक भएर काम गर्नुभएका परियारले त्यसपछि उहाँको प्रेस संयोजकको रुपमा काम गर्दै आउनुभएको थियो ।

गत आषाढ २९ गते देउवा प्रधानमन्त्री भएपछि परियारले अनौपचारिकरुपमा देउवाको सचिवालयमा बसेर प्रेससम्बन्धी काम हेरिरहनुभएको थियो ।

प्रधानमन्त्री देउवाले प्रमुख स्वकीय सचिवमा भानु देउवालाई नियुक्त गर्नुभएको छ भने अन्य विभिन्न पदमा विज्ञहरु नियुक्त गर्नुभएको छ।

तर, राजनीतिक सल्लाहकार र परराष्ट्र सल्लाहकार लगायत महत्वपूर्ण भने रिक्त छन् ।

Share Now

Leave a comment.