Prakash Adhikari February 5, 2022

 

काठमडौं, २२ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना, प्रविधि विज्ञमा दिपेश विष्टलाई नियुक्त गर्नुभएको छ।

प्रधानमन्त्री देउवाले ईञ्जिनियर विष्टलाई माघ १८ गते आइटी विज्ञ नियुक्त  गर्नुभएको हो ।

विष्टलाई सहसचिव सरहको सेवा सुविधा दिने गरी विज्ञमा नियुक्त गरिएको हो।

विष्ट यसअघि नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागअन्तर्गत एनसी विन (नेपाली कांग्रेस वाइड इन्फरमेसन नेटवर्क) का संयोजक पनि हुनुहुन्थ्यो।

उहाँले सन् २०१२ मा ईञ्जिनियरिङ म्यानेजमेन्ट अध्ययन पूरा गर्नुभएको थियो । उहाँले  ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएको छ।

नेपाल ईञ्जिनियरिङ परिषदको दुई कार्यकाल बोर्ड सदस्य रहीसक्नुभएका विष्ट डेमोक्रेटिक इञ्जिनियर्स नेपाल सिडेनको पूर्वमहासचिव पनि हुनुहुन्छ।

भाषण विज्ञमा गजुरेल

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञुमा मङ्गलबार नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय हुनुहुन्छ। उहाँका विभिन्न अनुसन्धनात्मक कृतिसमेत प्रकाशित छन्।

यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहनुभएका गजुरेलले नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गर्नुभएको थियो ।

 

 

Share Now

Leave a comment.