Prakash Adhikari February 9, 2022

काठमाडौं, २६ माघ । नेपालको शेयर बजारमा बुधबार पनि ओरालो लागेर बन्द भएको छ ।

यस दिन नेप्से सूचक २२.०६ अंकले घटेर २८१३.५३ बिन्दुमा रोकिएको छ । यस दिन २ सयय २३ कम्पनीको ६५ लाख २० हजार ५ सय २८ कित्ता शेयरको किनबेचबाट ३ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर बर्गीकृत भएका सबै १३ समूहका उपसूचकहरु घटेका छन् ।

 

Sub-Indices Current Points Change %Change
Banking 1,793.39 12.42 0.69
Trading 2,958.65 39.25 1.31
Hotels And Tourism 3,169.80 2.44 0.08
Development Bank 4,913.64 46.27 0.93
HydroPower 3,408.19 32.72 0.95
Finance 2,422.81 24.85 1.02
Non Life Insurance 13,027.01 198.75 1.5
Manu.& Pro. 7,282.62 15.03 0.21
Others 2,296.38 3.67 0.16
Microfinance 5,371.46 50.04 0.92
Life Insurance 15,489.32 151.08 0.97
Mutual Fund 15.99 0.12 0.74
Investment 96.09 0.96 0.99

यस दिन घटेको बजारमा पनि लिवर्टी इनर्जीको ३.०८ प्रतिशतले, आरम्भ चौतारी लघुवित्तको २.८ प्रतिशतले, जनउत्थान सामुदायिक लघुवित्तको १.९७ प्रतिशतले, लाइफ इन्स्योेरेन्स कर्पोेरेशन नेपालको १.८७ प्रतिशतले, मैलुड.खोला जलविद्युतको १.८५ प्रतिशतले,सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको १.७४ प्रतिशतले, नबिल बैंकको डिबेञ्चर १.६२ प्रतिशतले, ग्लोबल आईएमई स्किम १ को १.५८ प्रतिशतले, नेशनल फाइनान्स कम्पनीको १.२८ प्रतिशतले र आरबीबी म्युचुअल फण्डको१.०९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

Share Now

Leave a comment.