काठमाडौं, २८ माघ । ओमान भ्रमण अन्तर्गतको चतुष्कोणीय टी २० अन्तर्राष्ट्रिय श्रृखलाको पहिलो खेलमा नेपालले घरेलु टिम ओमानलाई ६ विकेटको अन्तरले पराजित गरेको छ ।
नेपालले ओमानलाई टी २० अन्तर्राष्ट्रियमा पराजित गरेको यो नै पहिलो पटक हो।
ओमानको अल अमिरात क्रिकेट मैदानमा ओमानले दिएको १ सय ३६ रनको लक्ष्य नेपालले १९.३ ओभरमा तीन बल बाँकी छदै ४ विकेटको क्षतिमा १ सय ३७ रन हासिल गरेर पूरा गर्यो ।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अविजित ७३ रन,आरिफ शेखले २५ रन, आशिफ शेखले १४ रन, ज्ञानेन्द्र मल्लले १३ रन,प्रदीप ऐरीले ४ रनको योगदान दिएका थिए ।
नेपाललाई रोक्ने क्रममा ओमानका खाली मुल्लाहले २ र खवर अलिले १ विकेट लिएका थिए ।
#NEPvsOMAN#OmanQuadrangular pic.twitter.com/lfffGBTzKV
— CAN (@CricketNep) February 11, 2022
यस पहिले ओमानले निर्धारित २०ओभरको खेलमा पुरै ओभर ब्याटिड. गर्दै १सय ३५ रन जोडेको थियो ।
ओमानका लागि जिसन मकशूदले अबिजित ४३ रन, मोहम्मद नदिमले ३१ रन, जतिन्दर सिंहले १३, कश्यप प्रजापति, शोयब खान, आयन खानले ११। ११ र खुराम नवाजले ६ रनको योगदान दिएका थिए ।
ओमानलाई रोक्ने क्रममा नेपालका अविनाश बोहोराले ३ तथा कमलसिंह ऐरी,आरिफ शेख र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।
सिरिजमा नेपाल र आयोजक ओमानसहित आयरल्याण्ड र युएई समावेश छन्।
नेपालले फेब्रुअरी १७ तारिखदेखि सुरु हुने टि २० विश्वकपको तयारी स्वरूप यो सिरिज खेलेको हो।
सिरिज अन्तर्गत दोश्रो खेलमा नेपालले शनिवार युएईसंग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय बिहान ११:४५ बजे सुरु हुनेछ।