Prakash Adhikari February 15, 2022

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठकमा भोलि हुने प्रतिनिधिसभाको बैठकमा अमेरिकाबाट ६२ अर्बमाथिको विकास अनुदान सहायता लिन मिलिनियम च्यालेञ्ज कर्पोरेशनसंग गरिएको संझौता टेबुल गर्ने व्यवस्था मिलाउने निर्णय भएसंगै मंगलबार धितोपत्र बजार परिसूचक ५३.३० अंक बढेर २७५४.२८ को बिन्दुमा पुगेको छ।

यस दिन २ सय २४ कम्पनीको ६३ लाख ४३ हजार २ सय २८ शेयरको खरिद बिक्रीबाट ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६ सय १४ रुपैयाँको कारोबार भएको छ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर वर्गीकरणमा परेका १३ वटै समूहका उपपरिसूचक बढन गएका छन् ।

नेपाल स्टक एक्सचेञ्जको वेभसाइटमा उल्लेख भए अनुसार बैंकिड. ०.८४ प्रतिशतले, ब्यापार १.३५ प्रतिशतले, होटल र पर्यटन समूह १.६३ प्रतिशतले, विकास बैंक २.६१ प्रतिशतले,जलविद्युत ४.३२ प्रतिशतले,फाइनान्स २.८५ प्रतिशतले, निर्जीवन बीमा १.४९ प्रतिशतले,उत्पादन र प्रशोन ०.५४ प्रतिशतले, अन्य ३.३८ प्रतिशतले, लघु वित्त २.८२ प्रतिशतले, जीवन बीमा १.२५ प्रतिशतले,म्युचुअल फण्ड ०.२ प्रतिशतले र लगानी २.४९ प्रतिशतले बढेका छन् ।

 

Sub-Indices Current Points Change %Change
Banking 1,751.29 14.57 0.84
Trading 2,944.38 39.09 1.35
Hotels And Tourism 3,103.11 49.82 1.63
Development Bank 4,821.89 127.35 2.71
HydroPower 3,339.01 138.12 4.32
Finance 2,368.49 65.68 2.85
Non Life Insurance 12,563.98 185 1.49
Manu.& Pro. 6,947.43 37.08 0.54
Others 2,315.93 75.63 3.38
Microfinance 5,307.01 145.76 2.82
Life Insurance 15,109.05 187.03 1.25
Mutual Fund 15.84 0.03 0.2
Investment 92.99 2.26 2.49

साताको तेस्रो दिन अधिक शेयर मूल्य बढ्ने कम्पनीहरुमा डा.दी १० प्रतिशतले, तेह्रथुम पावर ८.७० प्रतिशतले, हिमालयन ऊर्जा विकास लिमिटेड ७.७५ प्रतिशतले,कालिका पावर कम्पनी ७.६५ प्रतिशतले,छ्याड.दी हाइड्रो ७.६१ प्रतिशतले, सिनर्जी पावर डेभलपमेण्ट लिमिटेड ७.४८ प्रतिशतले,नारायणी विकास बैंकको ६.७३ प्रतिशतले,राँधी जलविद्युत कम्पनीको ६.५४ प्रतिशतले, जीवन विकास लघु वित्तको ६.५० प्रतिशतले र विजय लघुवित्तको ६.२५ प्रतिशत रहेका छन् ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-02-15 15:00:00
HDL 227,739,490.50 4,342.00
NHPC 185,391,846.30 438.00
NTC 182,164,937.70 1,655.00
AHPC 135,339,637.80 573.00
JBLB 132,875,631.50 4,830.00
API 117,508,900.10 534.00
HIDCL 94,062,890.30 329.60
NLIC 65,716,449.50 1,380.00
UPPER 60,826,616.80 667.90
NIFRA 60,518,099.00 377.00
View All

यस दिन शेयर मूल्य घट्ने कम्पनीहरुमा म्युअल फण्ड र डिबेञ्चर रहेका छन् । मंगलबार एनआईसी ब्यालेन्स फण्डको ३.१४ प्रतिशतले,एनआईसी एशिया ग्रोथ फण्डको १.८६ प्रतिशतले, सिटिजन्स म्युचुअल फण्डको १.५३ प्रतिशतले, एनआईबी समृद्धि फण्ड २ को १.४० प्रतिशतले, स्वाभिमान लघुवित्तको १.२६ प्रतिशतले, नबिल इक्विटी फण्डको १.१९ प्रतिशतले, लक्ष्मी उन्नति कोषको १.१६ प्रतिशतले, मेगा म्युचुअल फण्डको १.१० प्रतिशतले, आरबीबी म्युचुअल फण्डको १.०९ प्रतिशतले र सांग्रिला विकास बैंक डिबेञ्चरको १.०१ प्रतिशत रहेका छन् ।

Top Gainers

Symbol LTP % Change
As of 2022-02-15 15:00:00
NYADI 489.50 10.00
TPC 600.00 8.70
HURJA 520.00 7.75
KPCL 549.00 7.65
CHL 495.00 7.61
SPDL 503.00 7.48
NABBC 539.00 6.73
RADHI 700.00 6.54
JBLB 4,830.00 6.50
VLBS 1,360.00 6.25
View All

यस दिन अधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन डिष्टिलरीको२२ करोड ७७ लाख, नेशनल हाइड्रोको १८ करोड ५३ लाख रुपैयाँ र नेपाल टेलिकमको १८ करोड २१ लाख, अरुण भ्याली हाइड्रोको १३ करोड ५३ लाखको, जीवन विकास लघुवित्तको १३ करोड २८ लाखको, अपि पावरको ११ करोड ७५ लाखको, जलविद्युत लगानी तथा विकास कम्पनीको ९ करोड ४० लाखको, नेपाल लाईफ इन्स्योरेन्सको ६ करोड ५७ लाखको, अपर तामाकोशीको ६ करोड ८ लाखको र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको ६ करोड ५ लाख रुपैयाको कारोबार भएको छ।

Top Losers

Symbol LTP % Change
As of 2022-02-15 15:00:00
NICBF 10.80 -3.14
NICGF 12.11 -1.86
CMF1 9.65 -1.53
NIBSF2 9.15 -1.40
SMFBS 1,876.00 -1.26
NEF 10.75 -1.19
LUK 10.26 -1.16
MMF1 9.01 -1.10
RMF1 9.10 -1.09
SDBD87 890.00 -1.01
View All
Share Now

Leave a comment.