Prakash Adhikari February 22, 2022

 

मस्कट(ओमान), १० फागुन । सन २०२० को नोभेम्बरतिर अष्ट्रेलियामा हुने आईसीसी टी २० विश्वकप क्रिकेटमा छनोट हुनका लागि नेपाल आज निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स(युएई)संग प्रतिस्पर्धा गर्दैछ ।

मस्कटको अलअमिराट क्रिकेट मैदानमा भैरहेको खेलमा नेपाल टस हारेर फिल्डिड. गर्दै छ ।

अहिले तेस्रो ओभरको अन्त्यमा यूएईले १ रनको क्षतिमा १८ रन जोडेको छ ।

अहिले ३ ः४५ देखि सुरु भएके खेलमा दोस्रो ओभरको चौथो बलमा नेपाली खेलाडी जितेन्द्र मुखियाले यूएईका ओपनिड. ब्याट्सम्यान चिराग सुरीको विकेट लिएका छन् ।

आजको खेलमा नेपालले क्याप्टेन सन्दीप लामिछानेको नेतृत्वमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, कुशल भुर्तेल, आरिफ शेख,आसिफ शेख,अबिनास बोहोरा, जितेन्द्र मुखिया,कमल सिंह ऐरी र विकेक यादवलाई मैदानमा उतारेको छ ।

 

Share Now

Leave a comment.