Prakash Adhikari February 24, 2022

 

काठमाडौं, १२ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको नयाँ टी २० अन्तर्राष्ट्रिय वरियतामा नेपाली खेलाडीहरुको वरियतामा सुधार भएको छ ।

नेपाली ब्याट्सम्यान कुशल भुर्तेल र बलर सन्दीप लामिछाने छलाड. नै मारेका छन भने दीपेन्द्र सिंह ऐरी र अविनाशबोहोराको वरियतामा पनि सुधार भएको छ ।

नयाँ वरियता अनुसार कुशल भुर्तेल ब्याटिंगतर्फ ३९ औं स्थानमा छन्। उनले अघिल्लो वर्गीरणको दाँजोमा ९ स्थानको सुधार हो । यो वरियता नेपाली खेलाडीको टी २० अन्तर्राष्ट्रिय इतिहासमै उच्च हो। भुर्तेलले टी २० विश्वकप छनोटमा फिलिपिन्स बिरुद्ध करियरको पहिलो शतक बनाएका थिए जुन क्रममा अविजित १ सय ४ रन बनाएका थिए। यस्तै उनले क्यानडा बिरुद्ध अविजित ३४ रन बनाएका थिए। नेपालको लागि मात्र १० वटा टी २० अन्तर्राष्ट्रिय खेलेका कुशलले १ शतक र ४ अर्धशतक मद्दतले ४ सय ४३ रन बनाएका छन्।

यस अघि नेपाली खेलाडीको उच्च वरियतामा पारस पुगेका थिए । उनले सन् २०१९ मा सिंगापुर बिरुद्ध टी २० अन्तर्राष्ट्रिय शतक बनाउदा उनि ब्याटिंग वरियताको ४२ औं स्थानमा पुगेका थिए।

यस्तै नेपाली टिमका कप्तान सन्दीप लामिछाने १६ स्थान फड्को मार्दै ४३ औं स्थानमा पुगेका छन्। यस अघि सन्दीपको उच्च वरियता ५६ थियो।

बलिड.को वरियतामा दिपेन्द्र सिंह ऐरी ५० औं स्थानमा पुगेका छन्। यो उनको वरियतामा ३ स्थानको सुधार हो ।

यस्तै बलिंग वरियतामा फास्ट बलर अविनाश बोहराले पनि १२ स्थानको फड्को मार्दै ८६ औं स्थानमा पुगेका छन्।

आईसीसीको वरियतामा नेपाली टिम भने १५ औं स्थानमा पुगेको छ। टी २० विश्वकप छनोटको समुह चरणमा तिन वटा जित पछि नेपाल १३ औं स्थानमा थियो तर सेमीफाइनलमा हार पछि नेपाल २ स्थान झरेको छ। वरियतामा युएई १२ औं, स्कटल्याण्ड १३ र आयरल्याण्ड १४ औं स्थानमा पुगेका छन्। ओमान १८ औं स्थानमा छ।

 

Share Now

Leave a comment.