Prakash Adhikari March 2, 2022

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ नियुक्त हुनुभएको छ।

सोमबार बसेको सञ्चालक समितिको १०१६औँ बैठकले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो।

यसअघिका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएपछि रिक्त रहेको पदमा श्रेष्ठलाई जिम्मेवारी दिइएको साल्ट ट्रेडिङले जनाएको छ।

कल्याणगोविन्द श्रेष्ठ लामो समयदेखि साल्ट ट्रेडिड.नको सञ्चालक समितिका सदस्य रहदै आउनुभएको थियो।

उच्च नैतिकता र मर्यादित व्यवसायको लामो अनुभव संगाल्नुभएका श्रेष्ठको नेतृत्वमा साल्ट्र ट्रेडिड. कर्पोरेशनले थप गति लिने विश्वास गरिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उच्च सूत्रले दिएको जानकारी अनुसार साल्ट ट्रेडिङका सञ्चालक समितिमा मन्त्रालयको प्रतिनिधि पनि परिवर्तन हुँदै हुनुहन्छ । हाल मन्त्रालयबाट साल्टको सञ्चालक समितिमा प्रेमकुमार श्रेष्ठले प्रतिनिधित्व गरिरहनुभएको छ ।

Share Now

Leave a comment.