Prakash Adhikari March 15, 2022

 

काठमाडौं, १ चैत्र । नेपाल सरकार र साउदी अरेबियाको सरकारबीच जेनरल कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर भएको छ।

परराष्ट्रमन्त्री डा. नारायण खड्का र उनका साउदी समकक्षी फैजल बिन फरहान बिन साउदबीच मंगलबार बिहान उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

दुई मन्त्रीहरुबीच परराष्ट्र मन्त्रालयमा आयोजित भेटवार्तापछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

मन्त्रिपरिषद् बैठकले गत साता उक्त सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति दिएको थियो।

नेपाल र साउदी अरेबियाबीच राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहकार्यका लागि उक्त सम्झौताले मार्गनिर्देश गर्नेछ।

नेपालको औपचारिक भ्रमणका लागि २३ सदस्यीय टोलीको नेतृत्व गर्दै साउदीका राजकुमारसमेत रहेका विदेशमन्त्री फैजल सोमबार साँझ काठमाडौं आइपुग्नुभएको थियो।

आजै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नु भएको छ

 

यसपछि साउदी विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री खड्काले होटल म्यारिएटमा दिवाभोज दिने कार्यक्रम छ।

विदेशमन्त्री फैजल आजै दिउँसो ३ः१५ बजे बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ।

Image

Share Now

Leave a comment.