Prakash Adhikari March 18, 2022

काठमाडौं, ४ चैत। नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत ११ गते दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो।

स्थानीय तहको निर्वाचन तयारी, संसदीय समिति गठन र विविध विषयमा छलफल गर्नेगरी बैठक बोलाइएको पौडेलले जानकारी दिनुभयो। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अभियानका लागि काँग्रेसले ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ नारा अगाडि सारेको छ। बैठकमा चुनावी तयारीको विषयमा प्रारम्भिक समीक्षा हुने मुख्यसचिव पौडेलको भनाइ छ।

पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ।

Share Now

Leave a comment.