Prakash Adhikari March 19, 2022

किएभ(युक्रेन), ५ चैत्र । यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले शनिवार रूससंग अविलम्ब शांति तथा सुरक्षा वार्ताको लागि आह्वान गर्नुभएको छ ।

उहाँले अहिले पनि रुसका सामु आफ्नो गल्तीबाट सिर्जित क्षति कम गर्ने यो मात्र एक मौका भएको बताउनुभयो ।

उहाँले एक भिडिओ सन्देशमा भन्नुभएको छ ,”रुसका सामु आफ्नो गल्तीबाट भएको क्षति कम गर्ने यही मात्र एक अवसर हो।”

उहाँले अगाडि भन्नुभएको छ, “यो आपसमा मिल्ने समय हो, छलफल गर्ने समय हो,युक्रेनको लागि क्षेत्रीय अखण्डता र न्याय बहाल गर्ने समय हो । अन्यथा रुसको लागि यस्तो क्षति हुनेछ कि यसलाई ठीक गर्न धेरै पुस्ताको समय र मिहेनत लाग्नेछ ।”

आफ्नो संबोधनमा उहाँले मस्कोमा भएको विशाल र्यालीको पनि उल्लेख गर्नुभयो जुन क्राइमियामा रुसले कब्जा जमाएो ८औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको थियो ।

“यो विशाल र्याली थियो । यसमा करिब २ लाख मानिस सहभागी भएको बताइएको छ । जसमा १ लाख सडकमा र करिब ९५ हजार जना रंगशालामा उपस्थित भएको जनाइएको छ । “, उहाँले भन्नुभयो, “करिब करिब यति नै रुसी सैनिक युक्रेन हमलामा संलग्न छन् । कल्पना गर्नुस् त मस्कोको रंगशालामा १४ हजार मानिसका शव र हजारौ घाइते छन् । यस आक्रमणमा पहिल्यै कैयौं मानिस हताहत पनि भएका छन् ।”

यो युद्धको मूल्य हो यसलाई रोक्न जरुरी छ ।

युक्रेनले अहिलेसम्म १४ हजार रुसी सैनिकको मृत्यु भएको जनाएको छ । जबकी रुसले ४ सय ९८ सैनिकको मात्रै मृत्यु भएको दावी गरेको छ ।

 

Share Now

Leave a comment.