Prakash Adhikari March 23, 2022

धुलिखेल(काभ्रेपलाञ्चोक), ९ चैत्र । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी निर्वाचन कांग्रेसमय हुने बताउनुभएको छ । पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँे सो कुरा भन्नुभएको हो ।

प्रवक्ता डा.महतले आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ द्वारा कांग्रेस एकाकारले पूर्णता पाउने समेत बताउनुभयो ।

“कांग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब गुटउपगुट अन्त्य हुनेमा विश्वस्त छुु”, पूर्वमन्त्रीसमेत रहेका महतले भन्नुभयो । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा सबै तह कांग्रेसमय हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय तहमा सबै निकाय जित्नेछौँ, सोही आधारमा सङ्घ र प्रदेश निर्वाचनमा पनि पूर्ण सफलता मिल्नेछ ।”

प्रवक्ता महतले कांग्रेस लोकतान्त्रिक मूल्य र मान्यता बोकेर हिँडेको बताउँदै विधिको शासनलाई पूर्ण रूपमा स्थापित गर्नुपर्ने दायित्वसमेत आफूहरूमा रहेको उल्लेख गर्नुभयो । “कांग्रेस भित्रका आन्तरिक मनमुटाव त्याग्दै पार्टीमा नवप्रवेशीलाई नयाँ–पुराना नभनी जिम्मेवारी दिएर सँगसँगै जानुपर्छ, यसबाट मात्रै पार्टीले बहुमत प्राप्त गर्दछु”, उहाँले भन्नुभयो।

पार्टी सत्तामा हुँदा र नहुँदा एउटै कुरा गर्ने र सर्वदा सत्यको पक्षमा उभिने कांग्रेस मात्रै रहेको उहाँले दाबी गर्नुभयो ।कांग्रेसको एकमहिने अभियानअन्तर्गत वडा, गाउँरनगर समितिले आपसी सहकार्य गरी हरेक नागरिकको घरमा पुगेर उनीहरूको गुनासा तथा अपेक्षा धर्यतापूर्वक सुन्न र भएका दुविधाको निराकरण गर्न महतले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा=प्रकाश शरणले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नुहुने जिल्ला नेता तथा कार्यकर्ताहरुलाई पार्टीको सदस्यता वितरण गर्नुभएको थियो ।

नेपाली कांग्रेसका प्रवक्ता डा. महतले देशको विकास र जनताको सुख समृद्धिको लागि काम गर्ने पार्टी नै नेपाली कांग्रेस भएकोले यसै पार्टीको झण्डामुनि रहेर जनताको सेवा गर्न उहाँहरुले लिनुभएको निर्णयको सही भएको बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसको आदर्श,सिद्धान्त,नीति तथा कार्यक्रमबाट आकर्षित भएर पार्टीमा प्रवेश गर्नुभएका राजनीतिकर्मीलाई स्वागत गर्दै शुभकामना पनि दिनुभएको थियो ।

कांग्रेसका जिल्ला उपसभापति रमेश हुमागाईले दिनुभएको जानकारी अनुसार नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाईँसहित पूर्वगाबिस अध्यक्ष साधुराम बडाल , उपाध्यक्ष विष्णुबहादुर बस्नेत , निर्वाचित वडा सदस्य तथा धुलिखेल एमाले नगरकार्यपालिका सदस्य उपेन्द्र हुमागाईँ, नेकपा एमालेका नेता माधबमणि हुमागाई, जिल्ला सदस्य मुरारी हुमागाईँ , एमाले नगरपालिका सदस्य पुरुषोतम बस्नेत , नगर एमाले नगर सदस्य यादब गौतम ,धनञ्जय हुमागाई, अर्जुनबहादुर भुजेल , रामकृष्ण भुजेल लगायत सयौंको संख्यामा नेकपा एमालेलगायत विभिन्न पार्टी परित्याग गरेका राजनीतिककर्मीहरु नेपाली कङ्ग्रेसमा प्रवेश गर्नुभएको छ ।

हुमागाईँ तत्कालिन जिल्ला बिकास समितिका सदस्य तथा नेकपा एमालेका पूर्व क्षेत्रीय अध्यक्ष रहिसक्नुभएको व्यक्ति हुनुहुन्छ । उहाँ नेकपा एमालेका प्रदेश कमिटि सदस्य पनि हुनुहुन्थ्यो ।

तीन दशक लामोसमयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय हुमागाइँँ भूमि आयोग काभ्रेका जिल्ला संयोजक समेत रहनुभएको थियो ।

स्थानीय निर्वाचनको मुखमा एमालेका प्रभावशाली नेताहरुले पार्टी परित्याग गरेकोले धुलिखेलसहित समग्र काभ्रे जिल्लामा नेपाली कांग्रेसलाई फाइदा हुन पुगेको छ ।

केहि दिन अघि मात्रै धुलिखेल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष निराजन जंगमले पार्टी परित्याग गरी नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ ।

यसले धुलिखेल नगरपालिकाको आउदो चुनावमा नेपाली कांग्रेसलाई बलियो बनाउन मद्दत पुर्याएको छ ।

नेकपा एमालेको जिल्ला अध्यक्ष समेत रहनुभएका धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु श्रेष्ठको जनाधार कमजोर बनाएको छ ।

 

Share Now

Leave a comment.