Prakash Adhikari March 24, 2022

काठमाडौं, १० चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएको बताइएको छ ।

प्राविधिक समस्याका कारण बिहान करिब आधा घण्टासम्म उडान अवतरण प्रभावित भएको थियो ।

आज बिहान ६ बजेदेखि नै उपकरणमा समस्या देखिएपछि विमानस्थल कार्यालयले नोटाम जारी गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले वैकल्पिक व्यवस्था गरी उपकरण सञ्चालन गरेको बताउनुभयो । उहाँले एअरपोर्टमा समस्या आएको सम्बन्धमा जारी गरेको नोटाम केही बेरमा खारेज हुने बताउनुभएको छ ।

‘राडारमा हल्का समस्या देखिएको थियो । अहिले त्यो ठीक भइसक्यो । तर सावधानी अपनाएर काम गरिराखेका छौं,’ ठाकुरले भन्नुभयो । वैकल्पिक व्यवस्था तत्कालै गरिएकाले फ्लाइट भने नरोकिएको उहाँले दाबी गर्नुभयो ।

विमानस्थलका उपकरण पुरानो हुँदै गएकोले बेलाबखत समस्या आउने गरेको प्राविधिकहरु बताउछन् ।

Share Now

Leave a comment.