Prakash Adhikari March 24, 2022

दमौली(तनहुँ), १० चैत्र । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले सरकारमा रहेका पाँच दलहरुबीच रहेको गठबन्धन स्थानीय, प्रदेश र संघीय निर्वाचनमा समेत कायम गरिने बताउनुभएको छ।

तनहुँको सदरमुकाम दमौलीमा बिहिबार आयोजित कार्यक्रमलाई संबोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले पाँच दलीय गठबन्धनलाई चुनावसम्मै बचाएर लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो।

‘स्थानीय चुनावमा मात्र नभई प्रदेश र प्रतिनिधि सभा चुनावसम्म नै गठबन्धनलाई लैजानुपर्छ। उहाँहरूलाई पनि उचित स्थान दिनुपर्छ,’ तनहुँ कांग्रेसले दमौलीमा गरेको कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘लोकतन्त्र बचाउन गठबन्धनका दलले योगदान गरेका छन्।’

उहाँले २०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा कांग्रेसलाई जिताउन पार्टी एकढिक्का भएर लाग्नुपर्नेमा पनि जोड दिनुभयो।

Share Now

Leave a comment.