Prakash Adhikari March 25, 2022

 

कीर्तिपुर(काठमाडौं), ११ चैत्र । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल पपुवा न्यु गिनी पिएनजीविरुद्ध टस जितेर पहिले बलिङ गरिरहेको छ ।

कप्तान सन्दीप लामिछानेले टस जितेर पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएका छन।

टस हारेर ब्याटिड.को निम्तो पाएको पपुवा न्युगिनीले आक्रामक व्याटिड. थालेको छ । उसले १६. ६ ओभरमा २ मात्र विकेटको क्षतिमा ८७  रन जोडेको छ ।

नेपालका सोमपाल कामीले चौथो ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका ओपनर हिरी हिरीलाई ४ रनमा आउट गरेका हुन् ।

सोमपालको बलमा हिरी विकेट किपर अनिल साहको हातबाट क्याच आउट भएका हुन् ।

दोस्रो विकेट नेपालका दीपेन्द्र सिंह ऐरीले लिएका हुन । उनले १३ ओं ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका टोनी उरालाई आउट गरे ।

यसै खेलबाट नेपालको यू १९ टिमका कप्तान देव खनालले एकदिवसीय क्रिकेटमा डेब्यु गरेका छन् ।

क्याप्टेन सन्दीप लामिछानेको नेतृत्वमा घरेलु मैदानमा उत्रिएको नेपाली टिममा कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह (विकेटकिपर), सोमपाल कामी, कमलसिंह ऐरी र पवन सरार्फ रहेका छन् ।

अनिल शाहले यसै खेलमार्फत ४ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।

यस पहिले आईसीसी विश्वकप लिग २ अन्तरगत युएईमा भएको त्रिकोणात्मक सेरिजका दुवै खेलमा नेपालले पपुवा न्युगिनीलाई जितेको थियो ।

 

Share Now

Leave a comment.