काठमाडौं, ११ चैत्र । आफ्नै घरेलु मैदानमा भएको एक दिवसीय क्रिकेट खेलमा नेपाल पपुवा न्युगिनीसंग झिनो रन अन्तरले पराजित हुन पुगेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर फिल्डिड. रोजेको नेपाल पीएनजीसंग ६ रनले पराजित भएको हो
खेलमा टस हारेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले ८ विकेट क्षतितमा २ सय ९२ रन बनाउदै नेपाललाई २ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
तर नेपालले ५० ओभरको निर्धारित खेलमा १ सय ८६ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि रोहित पौडेलले १ सय २६ रनको योगदान दिए । अन्य ब्याट्सम्यानको ब्याटिड. चलेन । ओपनर कुशल भुर्तेल ३२ रनमा आउट भए भने अनिल शाह ६ रनमा । सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका देव खनाल खाता नखोली आउट भए भने कुशल भूर्तेल पछि धेरै आशा गरिएका दीपेन्द्र सिंह ऐरी १५ रनमा आउट भए ।
आरिफ शेख ३४ रन बनाउदा क्याच आउट भए भने भिम सार्की १७ रनमा । पवन सर्राफले जम्मा ७ रन जोडे भने कमलसिंह ऐरी र सोमपाल कामीले १८ ।१८ रन जोडे । आजको खेलमा नेपाललाई १० ओभरको पहिलो बलमा ४५औं ओभरमा २ ५१ ।७ रहेको अवस्थामा पुर्यादा ४५।२ओभरमा उनी आउट भए । उनी मैदानमा केही बेर टिकेको भए आज जित सुनिश्चित हुन सक्दथ्यो ।
यस अगाडि टस हारेर ब्याटिड.गरेको पपुवा न्युगिनीका चार्ल्स अमिनीले ७७ रन, असद भालाले ६०, नोर्मन भुवाले ४७ तथा राइली हेकुरेले ३१ रन योगदान दिए।
आजको खेलमा ेनेपालका बलरहरु पनि फिका भए । नेपालका बलर कमल सिंह ऐरी , दिपेन्द्र ऐरी र सोमपाल कामीले समान २ । २ विकेट लिए। कप्तान सन्दिप लामिछाने र पवन सर्राफले १ । १विकेट लिए।
खेलमा नेपालको लागि दायाँ हाते ब्याट्सम्यान देव खनालले डेब्यु गरे । उनलाई कप्तान सन्दीप लामिछानेले डेब्यु क्याप दिएका हुन्।
क्याप्टेन सन्दीप लामिछानेको नेतृत्वमा मैदानमा उत्रिएको नेपाली टिमा दीपेन्द्र ऐरी, देव खनाल, कुशल भुर्तेल, कमल सिंह ऐरी, सोमपाल कामी, रोहित पौडेल, पवन सर्राफ, आरिफ शेख, भिम सार्की, अनिल कुमार शाह सम्मिलित थिए ।


















