Prakash Adhikari March 28, 2022

काठमाडौं, १४ चैत्र । साताको दोस्रो कारोबार दिन पनि नेपालको शेयर बजार ओरालो लागेको छ ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ४१.४३ अंक घटेर बन्द भएको नेप्से, यस दिन २९.९८ अंक घटेर २५४२.२८ विन्दुमा झरेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २ सय ३१ कम्पनीका ४९ लाख ५८ हजार ९ सय १४ कित्ता शेयरको खरिदबिक्रीबाट २ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका सबै १३ वटै उपसमूहको उपपरिसूचक घटेका छन्।

 

Sub-Indices Current Points Change %Change
Banking 1,650.73 8.45 0.51
Trading 2,407.32 59.79 2.42
Hotels And Tourism 3,058.68 12.53 0.41
Development Bank 4,370.86 75.09 1.69
HydroPower 2,969.72 23.81 0.8
Finance 2,033.05 49.25 2.37
Non Life Insurance 12,168.84 252.49 2.03
Manu.& Pro. 5,901.80 84.87 1.42
Others 2,016.16 49.31 2.39
Microfinance 4,999.76 40.48 0.8
Life Insurance 14,462.48 343.32 2.32
Mutual Fund 15.54 0.08 0.49
Investment 84.56 0.99 1.16

यस दिन नेप्से ओरालो लागेपनि दुई स्टकको मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आजदेखि दोस्रो बजारमा कारोबार शुरु भएको नेष्डो समृद्ध लघुवित्तको मूल्य यस दिन ६ प्रतिशतभन्दा बढी बढेको छ।त्यस्तै न्यादी पावर लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक म्युचुअल फण्ड १, जीवनविकास लघुवित्त,तारागाउँ रिजेन्सी, जल्पा सामुदायिक लघुवित्त र विन नेपाल लघुवित्तको शेयर मूल्य अघिल्लो कारोबार दिनको भन्दा बढेको छ ।

 

Top Gainers

Symbol LTP % Change
As of 2022-03-28 15:00:00
RULB 991.50 9.99556
ENL 920.30 9.99163
NESDO 793.30 6.0987
NGPL 625.00 2.29133
RMF1 8.99 2.15909
JBLB 3,368.00 2.06061
TRH 357.00 2
JALPA 339.10 1.98496
MKJC 629.00 1.45161
WNLB 1,408.00 1.36789
View All

सोमबार कारोबारमा आएको आइसीएफसी फाइनान्स, सानिमा लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, ग्रीनलाइफ हाइड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्स, घलेम्दी हाइड्रो र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन सप्तकोशी विकास बैंक, गुराँस लाईफ इन्स्योरेन्स र लुम्बिनी विकास बैंकको शेयर मूल्य पनि घटेको छ ।

 

Top Losers

Symbol LTP % Change
As of 2022-03-28 15:00:00
ICFC 626.00 -4.81983
SLI 591.00 -4.52343
JLI 640.20 -4.44776
GLH 459.00 -4.375
PICL 665.00 -4.31655
GHL 307.00 -4.0625
PLI 614.00 -4.0625
SAPDBL 317.60 -3.75758
GLICL 643.00 -3.74252
LBBL 452.90 -3.6383
View All

कारोबार रकमका आधारमा यस दिन जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावर कम्पनीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

त्यस्तै हिमालयन डिष्टिलरीको ६ करोड बढीको,नेशनल लाईफ इन्स्योरेन्सको ५ करोड बढीको, लाईफ इन्स्योरेन्स कम्पनी अफ नेपालको ५ करोड बढीको नेपाल टेलिकमको ५ करोड बढीको,न्यादी पावर लिमिटेडको ५ करोड बढीको कारोबार भयो भने अरुणभ्याली हाइड्रो,शिभम् सिमेण्टस, र गुराँस लाईफ इन्स्योरेन्सको ४ करोड ८५ लाखमाथिको कारोबार भयो ।

Share Now

Leave a comment.