Prakash Adhikari March 28, 2022

सानेपा(ललितपुर), १४ चैत्र । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।

आजको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले स्थानीय तहको निर्विाचन र गठबन्धनका दलहरुबीचको चुनावी तालमेलका सन्दर्भमा सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

‘घर–घर जाऔं, काँग्रेस जिताऔं भन्ने एक महिने अभियान सञ्चालन गर्दै आएको काँग्रेसको बैठकमा जिल्ला, प्रदेश र स्थानीय तहको परिस्थितिबारे केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

‘कुन ठाउँमा कस्तो वस्तुस्थिति छ, त्यसका आधारमा कहाँ तालमेल गर्ने र कहाँ नगर्ने त्यसको निर्कियौंल गर्ने र समग्रमा पार्टीलाई कसरी मजबुत बनाउने भन्ने विषयमा समग्ररुपमा समीक्षा एवम् मूल्याङ्कन भयो’, उहाँले भन्नुभयो।

अधिकांश केन्द्रीय सदस्यहरुको मत तालमेल, समझदारी र गठबन्धन गरेर जाने भन्ने रहेको र कतिपयको मत गठबन्धन नगरी एक्लै पार्टीलाई परीक्षण गर्नुपर्छ भन्ने ढंगले प्रस्तुत भैरहेको उहाँले बताउनुभयो ।

प्रवक्ता डा.महतले संविधानको मूल्य र मान्यता कमजोर बनाउर्दै अधिनायकवादी शैलीले ओलीजीले शासन सञ्चालन गरेको विशिष्ट परिस्थितीमा गठबन्धनको निर्माण भएकोले यसलाई अगाडि बढाउदा नै जित्ने स्थिति बन्ने उहाँले बताउनुभयो ।

Share Now

Leave a comment.