Prakash Adhikari April 7, 2022

 

काठमाडौं, २४ चैत्र । लगातार घटेको शेयर बजार आज बढन गएको छ ।

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको विवरण अनुसार आज धितोपत्र बजार ३५.६६ अंकले बढेर २४६४.३६अंकमा रोकिएको छ ।

यस दिन २ सय २४ कम्पनीको ५४ लाख ४४ हजार ७ सय ३८ कित्ता शेयरको बिक्रीबाट २ अर्ब १२ करोड १५ लाख ११ हजार २ सय ८० रुपैयाको कारोबार भएको छ ।

कारोबार भएका कुल कम्पनीमध्ये १ सय ७४ कम्पनीको मूल्य बढेको छ भने जम्मा १७ कम्पनीको मूल्य घटेको छ। बाँकी ४ कम्पनीको मूल्य स्थिर छ।

आज नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर बर्गीकरणमा परेका सबै १३ वटा उपसमूहहरूको उपपरिसूचक बढेको देखिएको छ। आज अन्य समूहको सूचक ३.५९ प्रतिशत, ट्रेडिङको २.६२ प्रतिशत, लाइफ इन्स्योरेन्सको १.९२ प्रतिशत र फाइनान्सको १.३५ प्रतिशतले बढेको हो।

Sub-Indices Current Points Change %Change
Banking 1,611.97 18.87 1.18
Trading 2,323.09 59.32 2.62
Hotels And Tourism 3,140.85 28.18 0.91
Development Bank 4,242.26 70.78 1.7
HydroPower 2,846.90 30 1.06
Finance 1,922.12 27.1 1.43
Non Life Insurance 11,444.42 109.13 0.96
Manu.& Pro. 5,863.84 47.82 0.82
Others 1,969.71 68.33 3.59
Microfinance 4,842.03 63.77 1.33
Life Insurance 13,702.87 262.37 1.95
Mutual Fund 15.43 0.11 0.71
Investment 82.59 0.92 1.12

 

बिहीबार हिमालयन पावर पार्टनर र राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर १० प्रतिशतले बढेको छ। नेपाल दूरसञ्चारको ५.८१ प्रतिशत र एक्सेल विकास बैंकको ५.०५ प्रतिशतले बढेको छ।

यस दिन एक्सेल डेभलेपमेण्ट बैंक, सबैको लघुवित्त,विशाल बजार कम्पनी,कालिका पावर कम्पनी,सप्तकोशी विकास बैंक, सेञ्चुरी कमर्शियल बैंक र बोटलर्स नेपाल तराईको शेयर अन्य कम्पनीको भन्दा बढेको छ ।

Top Gainers

Symbol LTP % Change
As of 2022-04-07 15:00:00
NESDO 0.00 10.00
HPPL 0.00 10.00
NTC 0.00 5.81
EDBL 0.00 5.05
SLBSL 0.00 4.88
BBC 0.00 4.80
KPCL 0.00 4.47
SKBBL 0.00 4.37
CCBL 0.00 4.21
BNT 0.00 4.04
View All

बढेको बजारमा पनि राष्ट् उत्थान लघुवित्त, इमर्जिड. नेपाल, सपोर्ट माइक्रो फाइनान्स, सानिमा डिबेञ्चर, एभरेष्ट इन्स्योरेन्सको संस्थापक,न्यादी, प्रिमियर इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, समिट लघु वित्त र मैलुड.खोला जलविद्युतकोे शेयरका भाउ यस पहिलेको कारोबार दिनको भन्दा घट्न गएको छ

Top Losers

Symbol LTP % Change
As of 2022-04-07 15:00:00
RULB 0.00 -7.71
ENL 0.00 -6.61
SMB 0.00 -2.00
SBD87 0.00 -2.00
EICPO 0.00 -1.81
NYADI 0.00 -1.58
PIC 0.00 -0.81
LLBS 0.00 -0.75
SMFDB 0.00 -0.71
MKJC 0.00 -0.68
View All
Share Now

Leave a comment.