काठमाडौं, २८ चैत्र ।नेपाल क्रिकेट संघ (क्यान)ले महाप्रबन्धकमा वृतान्त खनाललाई नियुक्त गरेको छ ।
उहाँले नयाँ बर्ष २०७९ को आरम्भदेखि क्यानको जिम्मेवारी सम्हाल्ने हुनुभएको छ ।
खनालसंग यसअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षण संस्था र प्रतिष्ठानहरुमा काम गरेको अनुभव रहेको छ ।
संघका तात्कालीन महाप्रबन्धक रौनक मल्ललाई क्यानले हटाए पछि नयाँ नियुक्तिको प्रक्रिया थालिएको थियो ।
नेपालका क्रेज बढ्दै गएको क्रिकेट खेलको विकास र व्यवस्थापन गर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त यस पदमा पुगेर काम गर्न आवेदन दिएका ३४ जनामध्ये ९ जना संक्षिप्त सूचीमा परेका थिए ।
खनाल त्यही सूचीमा अरुलाई पछि पार्दै महाप्रबन्धक बन्न सफल हुनुभएको हो ।


















