Prakash Adhikari October 20, 2017

काठमाडौ, ३ कार्तिक। एमाले र माओवादी गठबन्धनले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७४ वटा प्रदेशसभाका सिटको बाँडफाँट सम्पन्न गरेका छन् ।

७४ मध्ये एमालेको भागमा ४१ सिट पारिएको छ भने माओवादीको भागमा ३३ सिट परेको छ ।

प्रतिशतको हिसाबले पहिलो चरणको चुनावमा प्रदेशसभामा एमालेलाई करिब ५५ प्रतिशत र माओवादीलाई ४५ प्रतिशत जति बाटफाँट गरिएको छ ।

चुनाबी तालमेलमा ६० र ४० को भागवण्डाको सहमति भए पनि पहिलो चरणको निर्वाचन हुने स्थानमा माओवादीले सहमतिभन्दा राम्रो स्थान पाएको छ ।

दोस्रो चरणको चुनाव हुने ४५ जिल्लाको तालमेलका लागि पनि कार्यदलले केही दिनमा नै टुंगो लगाउने बताइएको छ ।

एमालेले प्रदेशसभामा भोजपुर, सोलुखुम्बु, रामेछाप, लमजुङ, मनाङ, मुस्ताङ जाजरकोट र बाजुराका सबै सिटहरु आफ्नो भागमा पारेको छ ।

त्यसैगरी माओवादीले प्रदेशसभातर्फ रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, गोरखा-२ र हुम्लाका सबै सीट आफ्नो भागमा पारेको छ । बाँकी चुनाव क्षेत्रका प्रदेशसभाहरुमा दुबै दलले भागवण्डा गरेका छन् ।

३२ जिल्लाका ३७ वटा प्रतिनिधिसभा सिटमा २१र१६को भागवण्डा गरेका एमाले र माओवादीले प्रदेशसभाका ७४ सिटमा ४१र३३ सीटको भागवण्डा गरेका छन् ।

Share Now

Leave a comment.