बीपी नगर,सानेपा(ललितपुर), २९ फागुन । नेपाली कांग्रेसले पार्टीको टिकट लिएर प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा निर्वाचित भएका सांसद सदस्यहरुलाई सामूहिक अभिमुखिकरण तालिम दिने भएको छ ।
भोलि फागुन ३० गतेदेखि आरम्भ हुने कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवालेविहान ११ः१५ बजे पार्टीको केन्द्रीय कार्यालयमागर्ने जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।
अभिमुखीकरणमा संघीय संसददेखि प्रदेश सभासम्म सांसदहरुले पालना गर्नुपर्ने आचरण, संसदीय दलका नेतासंगको सम्बन्ध, प्रमुख सचेतक र सचेतकको भूमिका, पार्टीको ह्वीप र अनुशासन, संसदमा हुने शुन्य समय र अन्य समयमा विषयको उठान,प्रस्तुति, सार्वजनिक महत्वको प्रस्ताव, विशेष प्रस्ताव, गैरसरकारी विधेयकको प्रस्तुति, विधेयक निर्माणमा भूमिका, संसदीय समितिहरुको काम कर्तव्य र अधिकार, सरकारको नीति,कार्यक्रम र बजेटमाथिको छलफल जस्ता विषयमा विज्ञहरुबाट प्रशिक्षण गराइने बुझिएको छ ।
केन्द्रदेखि सबै प्रदेशमा नेपाली कांग्रेस प्रतिपक्षमा रहेकोले केन्द्रमा लिइने राजनीतिक र अन्य विषयहरुमा प्रदेश तहसम्म पनि तालमेल मिलाउने विषयमा पनि अभिमुखीकरणका समयमा छलफल हुने बताइन्छ ।