Prakash Adhikari April 16, 2022

सानेपा(ललितपुर), ३ बैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) दिउँसो २ बजे बस्दै छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिनुभएको छ ।

बैठकमा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल गर्ने एजेण्डा तोकिएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

 

Share Now

Leave a comment.