काठमाडौं, ५ बैशाख । सत्ता गठबन्धनका दलहरुको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
स्थानीय तह निर्वाचनमा महानगर र अधिक विवादित पालिकाहरूको भागबण्डालगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक बसेको हो ।
आइतबार बसेको बैठकमा गठबन्धनका दलका नेताहरुले आआफ्नो दाबी प्रस्तुत गरेका थिए ।
आइतबारको बैठकमा नेकपा .माओवादी केन्द्र)ले चितवनको भरतपुर, जनता समाजवादी पार्टीले वीरगञ्ज र एकीकृत समाजवादीले पोखरा महानगरपालिका पाउनु पर्ने प्रस्ताव गरेका थिए ।
कांग्रेसले भने दाबी गरेन । आज महानगर र उपमहानगरपालिकाहरूको भागबण्डामा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरूले बताएका छन् ।
माओवादीको भरतपुरमा मरिहत्ते
बैठकमा नेताहरु भरतपुर महानगरको मेयर माओवादीलाई दिन र उपमेयर र सबै वडाअध्यक्ष काँग्रेसले लिने सम्बन्धमा मोटामोटी सहमतिमा पुगेको बताइएको छ ।
माओवादीबाट वर्तमान मेयर रेणु दाहालले नै फेरि मेयरको टिकट पाउने पक्कापक्की जस्तै छ ।


















