Prakash Adhikari April 20, 2022

 

काठमाडौं, ७ बैशाख । आगामी साताबाट काठमाडौं. मा मेलम्ची नदीबाट ल्याइएको पानी वितरण सुरु गर्न सकिने सम्भावना देखिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ।

गत चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पठाइएको पानी सुन्दरीजल आइपुगेसँगै यस्तो सम्भावना बढेको बताइएको छ।

आयोजनाको हेडवर्क्स भनिने संरचनाको मर्मत एवं सुरुङ तथा त्यहाँ पुग्ने रुटको सफाइ कार्य सकिएसँगै पानी पठाउन सुरु गरिएको थियो।

ुुहामीलाई करिब करिब आइतबारबाट उहाँहरूले ९आयोजना० वितरणका लागि ९पानी० छोड्ने भन्ने कुरा भइरहेको छ,ुु केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले भन्नुभयो।

काठमाडौं उपत्यकामा धाराको नयाँ पाइपलाइन जडान सम्पन्न भइसकेका स्थानमा नयाँ बाट र नभएका ठाउँमा पुरानै पाइपलाइनबाट पानी वितरण गरिने उहाँले जानकारी दिनुभयो।

त्यसका लागि आवश्यक सामग्रीको व्यवस्था केयूकेएलले गरिसकेको बताइएको छ।

धारो

 

आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाडौं उपत्यकामा वितरणका लागि २६ किलोमिटरभन्दा लामो सुरुङ तथा पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरिएको थियो।

विगतमा सुन्दरीजलबाट ल्याइने पानी केयूकेएलले महाङ्काल, बालाजु, बाँसबारी, खुमलटार, बानेश्वर, बोडे र किर्तिपूरसम्म पुर्‍याएको र यसपालि पनि तीनै स्थानसम्म पानी पुर्‍याउने लक्ष राखिएको बताइएको छ।

आयोजनाको भनाइ के छ ?

मेलम्ची खानेपानी आयोजना विकास समितिका अनुसार सोमबार राति मेलम्ची नदीको पानी नियन्त्रित रूपमा सुन्दरीजलसम्म ल्याइपुर्‍याइएको हो।

तर हालसम्म सुरुङ भने भरिएको छैन।

“यो पानी सुरुङ नभरिएका कारण मेलम्चीमै फिर्ता जान्छ। सुरुङ ओरालो उकालो भएकाले भरिन अझै २ देखि ३ दिन लाग्छ र भरिएपछि प्रशोधन केन्द्रमा झर्छ”, आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले भन्नुभयो।

सोमबार सुन्दरीजल पुगेको पानी सुरुङ सफा गर्नका लागि राति १० बजेबाट बिहान पाँच बजेसम्म बागमती नदीमा प्रवाह गरिएको उहाँले बताउनुभयो।

अब भने सुरुङको द्वार बन्द गरेर पानी भर्ने काम सुरु गरिएको बताइएको छ।

त्यसपछि मात्रै आयोजनाले चाहिए जति पानी प्रवाह गर्न थाल्ने कुँवरले जानकारी दिनुभयो।

“अहिले हामीले २०० देखि ३०० लिटर प्रति सेकेन्ड पानी पठाएका छौँ भने सुरुङ भरिएपछि सुन्दरीजल पठाउँदा एक सेकेन्डमा २,००० लिटर पानी पठाउँछौँ “, उहाँले भन्नुभयो, “तीन दिन जतिमा प्रशोधन केन्द्रमा पानी छिर्छ। त्यसपछि ुआउटफ्लोु हुने काम त भइहाल्छ नि।”

पानीको अवस्था कस्तो छ ?
बाढी पहिरोका कारण आयोजनामा क्षति पुगेसँगै मेलम्चीको पानीको गुणस्तर पनि पछिल्लो समय चासोको विषय बनेको पाइन्छ।

तर अधिकारीहरूले भने हाल निकै ुसङ्लो अनि पिउन योग्यु पानी खोलाबाट प्रवाह भइरहेको जानकारी दिएका छन्।

Map: Melamchi

मेलम्ची

“सुरुङभित्र पनि हामीले सफा गरेका छौँ। खासै समस्या छैन। यदि समस्या रहेछ भने पनि हाम्रो प्रशोधनबाट प्रशोधन भइहाल्छ। तर बर्खामा मेलम्चीमा बाढी आयो वा कुनै कारणबस पानी धमिलो भयो भने चाहिँ अलि समस्या हुन्छ। त्यस बेला त्यो पानी बागमतीमा ुफ्ल्सु गरेर फ्याँकिन्छ”, कुँवरले भन्नुभयो।

शुक्रवार र शनिवारसम्ममा सुरुङ भरिएर पानी सुन्दरीजलमा झार्ने हालको योजना रहेको आयोजनाको भनाइ छ।

“त्यसरी हेर्दा अबको ६ देखि सात दिन भित्रमा जनताको धारा(धारामा (पानी) पुग्ला भन्ने अनुमान छ”, कुँवरले बताउनुभयो।

काठमाडौं उपत्यकाको मागको अवस्था

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ। तर वितरण भने मौसमअनुसार फरक पर्छ।

बर्खायाममा ११ करोडदेखि १२ करोड लिटर र सुक्खायाममा आठ करोडदेखि नौ करोड लिटरसम्म पानी वितरण गर्न सकिने केयूकेएलको भनाइ छ।

केयूकेएलका प्रवक्ता राईका अनुसार वितरण प्रणालीमा १७ करोड लिटर पानी थपिँदा उपभोक्तालाई सहज हुनेछ।

केयूकेएलका अनुसार सामान्यतया असार महिनादेखि असोज दोस्रो हप्तासम्मलाई ुवेट सीजनु अर्थात् बर्खायाम मानिन्छ भने त्यसपछिको समयलाई ड्राई सीजन अर्थात् सुक्खायाम मानिन्छ।

यसअघि मेलम्चीको पानी थपिँदा उपत्यकामा केयूकेएलले झन्डै २७ करोड लिटर पानी वितरण गर्दै आएको थियो।

तर पुरानो संरचनाका कारण प्रवाह गरिने पानीमध्ये लगभग २० प्रतिशत चुहावट हुने गरेको उसको अनुमान छ।

उपत्यकामा मेलम्चीको पानी वितरण हुँदा एक दिन बिराएर पानी दिने गरिएको थियो। तर हाल सातदेखि १२ दिनसम्मको अन्तरालमा मात्रै पानी दिइएको बताइएको छ।

मेलम्चीबाट पुनः पानी प्रवाह भएसँगै तालिका परिवर्तन गरिने अधिकारीहरूको भनाइ छ।

महत्त्वपूर्ण घटनाक्रम
मेलम्ची खानेपानी आयोजना निर्माण सुरु भएको झन्डै २२ वर्षमा पानी काठमाडौं आइपुगेको थियो।

विसं २०२९ : खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन
विसं २०४१: मेलम्चीसहित २२ विकल्प पहिचान
विसं २०४९: याङ्ग्री र लार्के समेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर
विसं २०५५: मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर कार्य जारी
विसं २०६४ :नेपाल सरकार र प्रमुख दाता एशियाली विकास ब्याङ्कबीच आयोजना पुनर्संरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमति। पुनर्संरचनामार्फत् आयोजनालाई दुई भागमा विभाजन ( मुख्य पानी पथान्तरण कार्य विकास समितिमार्फत्, अनि वितरण तथा व्यवस्थापन कार्य काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् हुने निर्णय
विसं २०७७ फागुन २२: मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो
विसं २०७७ चैत १५: मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा
विसं २०७७ चैत २०: राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन
विसं २०७८ असार पहिलो साताः बाढीबाट ठूलो क्षति

Share Now

Leave a comment.