Prakash Adhikari April 23, 2022

काठमाडौं, १० बैशाख । आईसीसी महिला यू–१९ विश्वकप छनोटको लागि नेपाल क्रिकेट संघले आजदेखि ४४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । संघले पहिलो चरणको बन्द प्रशिक्षण क्याम्पमा ४४ खेलाडीलाई बिहीबारै बोलाइसकेको छ ।

संघले प्रधानमन्त्री कप राष्ट्रिय यू–१९ महिला क्रिकेटमा सहभागिता जनाएकामध्ये उत्कृष्ट खेलाडीलाई बन्द प्रशिक्षण क्याम्पमा बोलाएको छ।

यू १९ विश्वकप एसिया छनोट प्रतियोगिता जुनमा हुने समय तालिका छ । यस प्रतियोगितामा नेपालसहित मलेसिया, भुटान, म्यानमार, थाइल्याण्ड, नेपाल, मलेसिया, कतार र युएई सहभागी हुनेछन्।

यू–१९ महिला विश्वकप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुनेछ । यस विश्वकपमा १६ देशको सहभागिता रहनेछ ।

चयन भएका खेलाडीः

संघले बन्द प्रशिक्षणमा आमन्त्रण गरेका खेलाडीहरुमा हेलिषा गुरुङ, किरण कुमारी कुँवर, त्रिशाना विश्वकर्मा, अनु कडायत, सावित्री धामी, आस्मा पुलामी मगर, जिज्ञासा थापा, रन्जु श्रेष्ठ, सना प्रविन, यशोदा बिष्ट, एलिशा यादव, बिमला मलाहा, अलिसा कुमारी कडायत, हिरामाया रोय, स्नेहा महरा र मनिषा उपाध्याय छन् ।

यसैगरी बिना थापा, अन्जिला थापा, मनिष चौधरी, बिपिषा शाही, जोत्सिका मरासिनी, कुसुम गोदार, यसु पाण्डे, जोति दनवार, मधु राउत, श्रीमी सिंह थारु, भावना कामति, सोनी पाख्रिन, प्रिया मलह, सोनिया थापा, मनिष रानामगर, दिक्षा पुरी, नितु घर्तीमगर, सुष्मिता भुषाल, सलिना सिलवाल, प्रतिमा शाह, स्वस्तिका बजगाईं, शृष्ठी जैशी, अन्जली शाह, कृतिका मराशिनी, निशा शाह, अंग पेम्बा, लिम्बु शेर्पा, टिका शाह र प्रज्ञा कटवाल पनि बन्द प्रशिक्षणमा पर्न सफल भएका छन्।

Share Now

Leave a comment.