Prakash Adhikari April 23, 2022

जुम्ला, १० बैशाख । जुम्ला जिल्लाको सार्कीवाडामा भएको आगलागीमा चार जना बालबालिकाको मुत्यु भएको छ ।

तिला गाउँपालिका ३ सार्कीवाडामा रहेको मानसिहं सार्कीको तीन तलाको घरमा आगलागी हुँदा चार जना बालबालिकाको जलेर मुत्यु भएको हो ।

आगलागीमा मानसिहं सार्कीकी १४ वर्षकी भान्जी तुलसा सार्की ,११ वर्षीया छोरी अनु सार्की, ३ वर्षीया छोरी दर्शना सार्की र एक वर्षको छोरा दिपेश सार्कीको जलेर मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

आगलागीमा मानसिंह सार्की र उनकी श्रीमती फागुनी सार्की, बहिनी रुन्चकली सार्की घाइते हुनुभएको छ ।
घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दको अग्रसरतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी , नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जुम्ला सदरमुकामबाट करिब १८ किलोमिटरको दूरीमा पर्ने सो गाउँमा आगलागीको कारण खुल्न सकेको छैन । स्थानीय जयलाल कठायतका अनुसार राति ११ः२० बजे तिर आगलागी भएको थियो ।

जिल्ला प्रहरीलाई भने राति ११ः४५ बजे आगलागी भएको जानकारी आएको थियो । आगलागीबाट घर लत्ता कपडा, अन्नपातलगायत सबै सामान जलेर नष्ट भएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

 

Share Now

Leave a comment.